बुटवल,कार्तिक ४ ।
नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत सल्यानमा प्रदेश अधिबेशनको परिनाम सार्वजनिक हुन थालेको छ । निर्वाचन क्षेत्र नं. (ख)को सभापतिमा सुरेश अधिकारीको प्यानल नै बिजयी भएको छ ।
अधिकारी संस्थापन इतर पक्षधर हुन । शनिबार बिहान ४ बजेतिर प्राप्त मत परिनाम अनुसार प्रदेश सभापतिमा निर्वाचित सुरेश अधिकारीले .३१२ मत प्राप्त गरेका थिए । उनका प्रतिष्पर्धी वीरबहादुर सेजवालले २७० मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
त्यस्तै उपसभापति पदमा गिरिराज ओली .३१५ र ऋषिराम खत्रीले .२६९ मत प्राप्त गरि निर्वाचित भएका छन् ।उनीहरुका प्रतिष्पर्धीहरु पेशलसिंह डाँगीले २१४ र पुर्णबहादुर भण्डारीले २४७ मत प्राप्त गरेका छन् ।
त्यस्तै सचिबमा अनिल सिंह २८१ र श्याम कृष्ण महातरा २९५ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनीहरुका प्रतिष्पर्धीहरु शोभाकर राना .२४८ र मेघ राज भण्डारीले २६२ मत प्राप्त गरेका छन् ।
सहसचीवमा प्रीयबत्र श्रेष्ठ ३०१ र होमसिंह बोहरा २९८ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनीहरुका प्रतिष्पर्धीहरु ढाकबहादुर चन्द २४० र रोहित देबकोटाले २३१ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
यहाँ कुल ६१३ मतदाता रहेकोमा ६०१ मत खसेको थियो । त्यसमध्ये २ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
प्रदेशको नयाँ नेतृत्व चुन्न सल्यानमा शुक्रबार मतदान भएको थियो ।त्यस्तै सल्यानकै निर्वाचन क्षेत्र नं. (क) मा अहिले सम्मको स्थितिमा सभापति पदमा कडा प्रतिपष्पर्धा देखिएको छ । ५०० मत गणना गर्दा संस्थापन पक्षधर सभापति पदका उम्मेदवार गोरखबहादुर खत्रीले २४६ र संस्थापन इतर पक्षधर मानिने सुरेश चन्दले २४७ मत प्राप्त गरेका छन् ।
मतगणना बागचौरस्थित जनकल्यान माविमा भइरहेको छ । यहाँ कुल ६५७ मतदाता रहेकोमा ६२७ मत मात्रै खसेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)