Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन : रूपन्देही क्षेत्र न.-२ ‘ख’ मा ३६४ खस्यो,मतगणना शुरू

कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन : रूपन्देही क्षेत्र न.-२ ‘ख’ मा ३६४ खस्यो,मतगणना शुरू

  • 3.7K
    SHARES

  • कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन  : रूपन्देही क्षेत्र न.-२ ‘ख’ मा ३६४ खस्यो,मतगणना शुरू

    बुटवल,मंसिर ३ ।

    नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन भएको छ । रूपन्देही क्षेत्र न-२ ख को बुटवलमा मतगणना शुरु भएको छ । कांग्रेसले पहिलो पटक प्रदेश सभा क्षेत्रीय अधिवेशन गरेको हो ।

    बुटवलको हाटबजारमा रहेको बालमन्दिर परिषर उद्योग बाणिज्य संङ्घको कम्पाउन्डमा रूपन्देही क्षेत्र न २ ख को र बुटवल र तिलोत्तमा नगरपालिकाको सीमामा रहेको मगरघाट स्थित मगर संङ्घको भवनमा रूपन्देही क्षेत्र न २ क को मतदान भएको थियो । क्षेत्र न क अन्तर्गत ३०८ र ख  अन्तर्गत ३७० जना मतदाता रहेकोमा क्षेत्र न २ ख मा ३६२ मत खसेको  निर्वाचन अधिकृत टीकाप्रसाद पौडेलले  नागरिक अनलाइनलाइ बताए ।

    संविधानको व्यवस्था अनुसार ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ कार्यसमिति चयन हुदैछ । यसअघि कांग्रेसले स्थानीय तहमा निर्देशिका बनाएर सहमतिमा प्रदेश सभा क्षेत्रीय कार्यसमिति चयन गरेको थियो ।प्रदेश सभा क्षेत्रीय अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चयन गर्नेछ । ती महाधिवेशन प्रतिनिधिले प्रदेश कमिटी चयन गर्नेछन् ।

    कांग्रेसको प्रदेश सभा अधिवेशन मंसिर १६–१७ गते हुदैछ । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुदैछ ।  केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका तहका अधिवेशन भएका जिल्लामा आज प्रदेश सभा क्षेत्रीय अधिवेशन भैरहेको हो ।आज अधिवेशन हुन नसकेका जिल्लामा जिल्ला निर्वाचन अधिकृतले नयाँ मिति तोक्ने अधिकार निर्वाचन समितिले दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology