बुटवल,मंसिर ३ ।
नेपाल कम्यूनिष्ट पार्टी (एमाले)को आगामी १० देखि १२ गतेसम्म हुन लागेको १०औं महाधिवेशनका लागि एमाले लुम्बिनीले तयारीलाई तीब्र पारेको छ ।
एमाले लुम्बिनीले चितवनमा हुन लागेको महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी गराउने जनाएको छ । महाधिवेशन प्रचार–प्रसार समिति लुम्बिनीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी महाधिवेशन र महाधिवेशनको तयारी बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले लुम्बिनीका अध्यक्ष लिला गिरीले महाधिवेशन भव्य रुपमा सम्पन्न गर्नका लागि तिव्र तयारी रहेको बताउँदै लुम्बिनीबाट ७५ हजार सहभागिता जनाउने योजना रहेको बताए ।
उनले चितवनमा गण्डकी प्रदेशको चितवनमा हुने महाधिवेशनमा लुम्बिनीका १२ वटै जिल्लाबाट ७५ हजार जना सहभागी गराउने योजना अनुरुप तयारी रहेको बताए । साथै रुपन्देही जिल्लाबाट मात्रै २२ हजार सहभागि हुने अध्यक्ष गिरीले बताए ।
कार्यक्रममा महाधिवेशन प्रचार–प्रसार विभाग लुम्बिनीका प्रमुख झपेन्द्र जि.सी,एमाले प्रचार–प्रसार विभाग केन्द्रिय सदस्य डि.आर.घिमिरे, प्रचार–प्रसार विभाग लुम्बिनीका सदस्य तथा पार्टी प्रचार–प्रसार रुपन्देहीका प्रमुख मोहन चापागाइ, महाधिवेशन प्रचार–प्रसार लुम्बिनीका सदस्य शेरबहादुर केसी,प्रेस चौतारी नेपालका सचिव भरत केसी, प्रेस चौतारी लुम्बिनीका उपाध्यक्ष प्रदिप आचार्य, प्रेस चौतारी लुम्बिनीका सचिव अमृत गिरी लगायतकोे सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)