बुटवल,मंसिर ३ ।
नेपाली कांग्रेसको १४औं महाधिवेन अन्तर्गतआजदेखि प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु भएको छ । कांग्रेसले पहिलो पटक प्रदेश सभा क्षेत्रीय अधिवेशन गरेको हो ।
रूपन्देहीको बुटवलमा मतदान जारी छ । केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका तहका अधिवेशन भएका जिल्लामा आज प्रदेश सभा क्षेत्रीय अधिवेशन भैरहेको हाे ।आज अधिवेशन हुन नसकेका जिल्लामा जिल्ला निर्वाचन अधिकृतले नयाँ मिति तोक्ने अधिकार निर्वाचन समितिले दिएको छ ।
बुटवलको हाटबजारमा रहेको बालमन्दिर परिषर उद्याेग बाणिज्य संङ्घको कम्पाउन्डमा रूपन्देही क्षेत्र न २ ‘ख’ को बुटवल र तिलाेत्तमा नगरपालिकाको सीमामा रहेको मगरघाट स्थित मगर संङ्घको भवनमा रूपन्देही क्षेत्र न २ ‘क’ को मतदान भैरहेको छ ।
क्षेत्र न २ को.‘क’ अन्तर्गत ३०८ र ‘ख’ अन्तर्गत ३६९ जना मतदाता रहेका छन् । मतदान ५ बजेसम्म चल्ने निर्वाचन अधिकृत टीकाप्रसाद पाैडेलले नागरिक अनलाइनलाइ बताए । अहिलेसम्म ८५ प्रतिशत मत खसिसकेको छ । अहिले मतदान चलिरहेको छ ।
संविधानको व्यवस्था अनुसार ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ कार्यसमिति चयन हुदैछ । यसअघि कांग्रेसले स्थानीय तहमा निर्देशिका बनाएर सहमतिमा प्रदेश सभा क्षेत्रीय कार्यसमिति चयन गरेको थियो ।
प्रदेश सभा क्षेत्रीय अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चयन गर्नेछ । ती महाधिवेशन प्रतिनिधिले प्रदेश कमिटी चयन गर्नेछन् ।कांग्रेसको प्रदेश सभा अधिवेशन मंसिर १६-१७ गते हुँदैछ । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४-२६ सम्म काठमाडौंमा हुँदैछ ।
हेराैँ थप तस्वीरहरू ।











नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)