Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस १४ औं महाधिवेशन : रुपन्देही क्षेत्र नं. २ को सभापतिमा लम्साल,प्रदेश ‘क’मा महत र ‘ख’मा ढकालको उम्मेद्वारी घाेषणा (LIVE)

कांग्रेस १४ औं महाधिवेशन : रुपन्देही क्षेत्र नं. २ को सभापतिमा लम्साल,प्रदेश ‘क’मा महत र ‘ख’मा ढकालको उम्मेद्वारी घाेषणा (LIVE)

  • 5.1K
    SHARES

  • कांग्रेस १४ औं महाधिवेशन : रुपन्देही क्षेत्र नं. २ को सभापतिमा लम्साल,प्रदेश ‘क’मा महत र ‘ख’मा ढकालको उम्मेद्वारी घाेषणा (LIVE)

    बुटवल,मंसिर १ ।

    नेपाली काँग्रेसले रुपन्देहीको क्षेत्र नं २ मा उम्मेद्वारी घोषणा गरेको छ । १४ औं महाधिवेशन अन्तरगत क्षेत्रीय समिति र प्रदेश सभा क्षेत्रीय समितिको अधिवेशनको लागि रामचन्द्र पौडेल समुहले  बुधबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि उम्मेदवारी घोषणा गरेको हो ।

    रुपन्देहीको क्षेत्र नं २ मा क्षेत्रीय सभापतिमा हरि लम्सालले उम्मेदवारी घोषणा गरे । त्यस्तै क्षेत्र नं २ अन्तरगत प्रदेश सभा क्षेत्रीय समिति ‘क’को सभापतिमा खड्गबहादुर महत र ‘ख’को सभापतिमा पर्शुराम ढकालले प्यानल सहित उम्मेदवारी घोषणा गरे । CONGRESS GHOSADA SAVA.jpg

    काँग्रेसको विधान अनुसार प्रदेश सभा क्षेत्रीय समितिका सभापति स्वतः प्रतिनीधि सभा क्षेत्रीय समितिको उपसभापति हुने व्यवस्था छ । रुपन्देही क्षेत्र नं. २ को दुई सचिव पदमा बिमलराज भट्टराई र कुलबहादुर केसी तथा सहसचिव पदमा राजबहादुर क्षेत्री र मिलन थापालाई अगाडि सारिएको छ ।

    रुपन्देही क्षेत्र नं २ कको उपसभापतिमा कृष्णप्रसाद ज्ञवाली र गणेश पाठक, सचिवमा बालकृष्ण अर्याल र राममायाँ पौडेल तथा सहसचिव पदमा सनत गौतम र बिष्णुमायाँ चिदीलाई अगाडि सारिएको छ । रुपन्देही क्षेत्र नं  २खको उपसभापतिमा रबिन्द्रमान श्रेष्ठ र चिन्तामणी भुसाल, सचिवमा कमला न्यौपाने र कृष्णबहादुर केसी तथा सहसचिवमा शिव आचार्य र दीपक घिमिरेको उम्मेदवारी घाेषणा गरिएको छ ।

    उम्मेद्वारी घोषणा गर्दै समुहका संयोजक महासमिति सदस्य रामबहादुर कार्कीले सर्वसम्मत नेतृत्व चयनको लागि सहमतिको प्रयास गरिएपनि अर्को समुहले आफूहरुको प्रयासलाई वेवास्ता गरेर उम्मेद्वारी घोषणा गरेकाले आफूहरुले पनि टिम बनाएर चुनावमा जानु परेको बताए ।SACHIV.jpg

    हालका क्षेत्रीय सभापति पदका उम्मेदवार हरि लम्सालले पार्टीको नेतृत्व परिवर्तन आफूहरुको प्रमुख एजेण्डा रहेकाले सिङ्गो टिम आउने गरी चुनावमा होमिन सबैलाई आग्रह गरे । लम्सालले रुपन्देही क्षेत्र नं. २ मा अर्को समुहलाई क्लिन स्वीप गर्ने दावी समेत गरे  ।

    उम्मेद्वारी घोषणा सभालाई सम्बोधन गरेका महाधिवेशन प्रतिनीधिहरु दीर्घबहादुर केसी कुमार, गोबिन्द लम्साल, बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, परमानन्द भट्टराई, प्रदेश सभा क्षेत्रीय समितिका उम्मेदवारद्वय खड्गबहादुर महत र परशुराम ढकालले पार्टीलाई सदृढ र गतिशिल बनाउनको लागि टिमको उम्मेद्वारी रहेको बताउँदै त्यसको लागि आफ्नो टिमका उम्मेदवारलाई भोट दिन आग्रह गरे। उनीहरुले जितेर संगठन बलियाे बनाउने बताए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology