Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस रुपन्देही क्षेत्र न.२ द्वारा अगुवा नेता-कार्यकर्तालाई बुटवलमा सम्मान

कांग्रेस रुपन्देही क्षेत्र न.२ द्वारा अगुवा नेता-कार्यकर्तालाई बुटवलमा सम्मान

  • 3.9K
    SHARES

  • कांग्रेस रुपन्देही क्षेत्र न.२ द्वारा अगुवा नेता-कार्यकर्तालाई बुटवलमा सम्मान

    बुटवल,कात्तिक ३० ।

    नेपाली कांग्रेस रुपन्देही क्षेत्र न.२ ले विभिन्न पदमा रहेका अगुवा नेता कार्यकर्ताहरुलाई सम्मान गरेको छ ।

    एक समारोहका विच क्षेत्रिय सभापती हरि लम्साललेआफ्नो कार्य समितिका पदाधिकारी सदस्यहरु, सो क्षेत्रका महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु,  स्थानिय तहका सभापतीहरु,कार्यसमितिका सल्लाहकारहरुलाई सम्मान गरेका छन् ।

    सो अवरमा बोल्दै सभापती लम्सालले महाधिवेशनमा फकर-फरक समुह भएपनि पार्टि एक ढिक्का बनाएर अघि बढ्नुपर्ने दायित्व सबैको काँधमा रहेको बताए । उनले आन्तरिक प्रतिस्पर्दालाई भएकोले भड्किलो प्रचार तथा आरोप-प्रत्यारोप नगर्न आग्रह गर्दै महाधिवेशनपछि पनि सबै मिलेरै अघि बढ्नु पर्ने बताए ।  

    सो अवसरमा नेपाली कांग्रेसका नेताहरु युवराज गिरी,राम वहादुर कार्की, वालकुमारी भण्डारी, उदयराज काफ्ले, नगरसभापति खेलराज पाण्डे ,सैनामैनाका नेता रामप्रसाद अधिकारी, पर्शुराम ढकाल, परमानन्द भट्टराई लगायतले बोलेका थिए ।

    आफ्नो कार्यकालमा रचनात्मक सहयोग गर्नेहरुलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, कार्तिक ३० २०७८०६:११:२२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology