Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल बन्द गराउँदै हिडेका विप्लवका २२५ कार्यकर्ता पक्राउ,केहिबेरमा छाडिने

नेपाल बन्द गराउँदै हिडेका विप्लवका २२५ कार्यकर्ता पक्राउ,केहिबेरमा छाडिने

  • 2.8K
    SHARES

  • नेपाल बन्द गराउँदै हिडेका विप्लवका २२५ कार्यकर्ता पक्राउ,केहिबेरमा छाडिने

    बुटवल,कात्तिक ३० ।

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्द सकिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार दिनभर नेपाल बन्दको आयोजना गरेको थियो ।

    नेकपाले मंगलबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मका लागि नेपाल बन्दको घोषणा गरेको हो । लुम्बिनीका ४४ सहित देशभरबाट २२५ जना बन्दकर्ता पक्राउ परेको केन्द्रिय प्रहरी प्रवक्ता बसन्त बहादुर कुँबरले बताए ।

    साथै बन्दकर्ताले ४ वटा सवारी सामान्य तोडफोड गरेको प्रवक्ता कुँबरले बताए । यस्तै पक्राउ परेको सबैलाई बन्द कर्तालाई छाड्ने तयारी रहेको कुँबरले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology