Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाली कांग्रेसको १४ औं महाधिवेशन : निर्वाचन प्रक्रिया मंसिर २१ गतेदेखि प्रारम्भ हुने,४ हजार ५ सय महाधिवेशन प्रतिनिधि रहने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन : निर्वाचन प्रक्रिया मंसिर २१ गतेदेखि प्रारम्भ हुने,४ हजार ५ सय महाधिवेशन प्रतिनिधि रहने

  • 2.5K
    SHARES

  • नेपाली कांग्रेसको १४ औं महाधिवेशन : निर्वाचन प्रक्रिया मंसिर २१ गतेदेखि प्रारम्भ हुने,४ हजार ५ सय महाधिवेशन प्रतिनिधि रहने

    बुटवल,कात्तिक २९ ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया मंसिर २१ गतेदेखि प्रारम्भ हुने भएको छ ।

    पार्टीको महाधिवेशन उद्घाटन मंसिर २४ गते हुने भएपनि उम्मेदवारी दर्ता २१ गतेदेखि नै सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । कांग्रेस महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ । कांग्रेसले मंसीर २१ गते नै केन्द्रीय कार्यसमितिको उम्‍मेदवारी दर्ताका लागि प्रस्ताव गरेको छ ।


    निर्वाचन समिति सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले समय कम भएकाले महाधिवेशन उद्घाटन हुनुअघि नै निर्वाचन प्रक्रियाका कार्यक्रम सुरु हुने जानकारी दिए ।

    ‘२४ देखि २६ सम्म हामीले महाधिवेशनको मिति तोकेका छौं, २५ गते भोटिङ हुन्छ । त्यसअघि मतदाता नामावली सार्वजनिक गर्नुप¥यो । त्यसलाई टुंगो लगाएर अन्तिम नामावली प्रकाशित गर्नुपर्‍यो । धेरै ठूलो संंख्यामा मतपत्र प्रकाशित गर्नुपर्छ,’ उनले  भने, ‘२४ गतेसम्म हामीले उम्मेदवारदेखि मतपत्रसम्म सबै फाइनल गरिसक्नुपर्छ । २५ गते बिहानदेखि मतदान सुरु गर्ने हाम्रो तयारी हो ।’

    करिव ४५ सय महाधिवेशन प्रतिनिधिले कांग्रेसको नयाँ कार्यसमिति चयन गर्नेछन् । कांग्रेस विधानमा केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुने उल्लेख छ । १३४ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ३३ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology