Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेशसभाका दशवटा बैठकमा ‘गयल’ भएका शंकर पाेखरेल ३ महिनापछि झुल्किए !

लुम्बिनी प्रदेशसभाका दशवटा बैठकमा ‘गयल’ भएका शंकर पाेखरेल ३ महिनापछि झुल्किए !

  • 2.4K
    SHARES

  • लुम्बिनी प्रदेशसभाका दशवटा बैठकमा ‘गयल’ भएका शंकर पाेखरेल ३ महिनापछि झुल्किए !

    बुटवल,कात्तिक,२८ ।

    प्रमुख विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल लुम्बिनी प्रदेशसभामा लगातार ३ महिनासम्म  देखै परेनन् ।  गत साउन २८ गते मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता कुलाप्रसाद केसी मुख्यमन्त्री बनेपछि पोखरेल न त कहिले संसद बैठक छिरे न त नव नियुक्त मुख्यमन्त्री केसीलाइ औपचारिक बधाइ नै दिए ।

    पाेखरेल एमालेकै राष्ट्रिय राजनीतिमा सधैजसाे क्रियाशील भैरहन रुचाउँछन् ।  नयाँ सरकार बनेपछिका १० वटा प्रदेशसभा बैठकमा निवर्तमान मुख्यमन्त्री पोखरेल ‘गयल’ भए ।

    प्रदेशसभा नियमावली अनुसार बिना सुचना लगातार १० वटा बैठकमा उपस्थित नभएमा कारबाही गर्न सकिने उल्लेख छ । तर आइतबार ११ औं बैठकमा शंकर पाेखरेल झुल्किए ।

    तीन महिनापछि प्रदेशसभामा विशेष समय लिएर बोलेका पोखरेलले शुरुमै आफूले साढे ३वर्ष मुख्यमन्त्री भएर काम गरेर राजीनामा दिएपछिको संसदमा पहिलो पटक आएको भन्दै सम्बोधन गरे। 

    संसद चलेको भए पनि लुम्बिनीमा विपक्षीको अवरोध भने शुरुदेखि नै कायम छ। विपक्षी दलका तर्फबाट विशेष समय लिएर बोलेका पोखरेलले आइतबार पनि त्यहि एमालेको पुरानै एजेन्डा उठाए– ‘सांसद अजय शाही र विमला खत्री वलीबारे निर्वाचन आयोगले स्पष्ट नपारेसम्म प्रदेश सभा वैठक चल्न दिदैनौं। ’

    पोखरेलले दुई सांसदबारे उठेका कानुनी र संवैधानिक प्रश्नको निरुपण नभएसम्म सभा चल्न कठिन हुने बताएका हुन्। ‘अजय शाही र विमला खत्री वली कुन दलका हुन् भनेर प्रमाणित गर्ने निर्वाचन आयोगले हो, उसले भन्नुपर्यो, कानुनको ब्याख्या गर्ने अधिकार प्रदेश सभा र सरकारलाई छैन,’ पोखरेलको भनाइ छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology