बुटवल,कार्तिक २८।
छत्रदेवका लोकप्रिय नेता हरिप्रसाद खनालले अर्घाखाँची कांग्रेसको जिल्ला सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयसम्म अर्घाखाँची जिल्लाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा कार्यरत रहेका खनाल जिल्लाका तत्कालिन गाविसहरुमा खानेपानी निर्माणका क्रममा जनताहरुको सहयोगी बनेको र त्यसमा पनि विशेष गरि कांग्रेसको संगठन निर्माण अभियानमा सकृय भएकोले जिल्ला सदस्य पदमा उनको उमेदवारीलाई सबैले आवश्यक ठानेका छन ।
बिगत १५ वर्षदेखि नै जिल्लामा समेत नेता हरिका रुपमा परिचित खनाल छत्रदेवमा लोकप्रिय मानिन्छन । उनी नेपाली कांग्रेस अर्घाखाँची जिल्ला संगठन बिभागका सदस्य समेत हुन् ।
छत्रदेव ४ को वडाको क्षेत्रिय प्रतिनिधि बनाउने सवालमा युवाहरुलाई अधिकतम समेट्न पनि वहाँको ठूलो योगदान छ ।
सरल व्यवहार, सबैलाई सहयोग गर्न मन पराउने तथा कार्यकर्ताको समस्या समाधानका लागि हरकदम प्रयासरत रहेर सफलता दिलाउने र कांग्रेसलाइ जिताउनका लागि मैदानमा उत्रेको उनले नागरिक अनलाइनसंग बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)