बुटवल,कार्तिक २७।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देहीको क्षेत्र नं. २ मा उम्मेदवारी घोषणा गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवा समुहले शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि उम्मेदवारी घोषणा गरेको हो ।
अधिवेशनबाट नेतृत्व लिनको लागि प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवा समुहबाट रुपन्देही २ मा प्रतिनीधि सभा क्षेत्रीय सभापतिमा काजिमान श्रेष्ठ र प्रदेश सभा ‘क’ मा माधवलाल देवकोटा तथा प्रदेश सभा ‘ख’ मा रामेश्वर श्रेष्ठले सभापतिमा उम्मेदवारी घोषणा गरे ।
पार्टी बिधानअनुसार प्रदेश सभा क्षेत्रीय समितिका सभापति प्रतिनीधि सभा क्षेत्रीय समितिमा स्वतः उपसभापति हुने व्यबस्था छ । उक्त समुहले प्रतिनीधि सभा क्षेत्रीय सचिवमा प्रजापाल गिरी र रामबहादुर थापा, सहसचिवमा आनन्दभगत श्रेष्ठ र सीता क्षेत्रीलाई अगाडि सारेको छ ।
प्रदेश सभा क्षेत्रीय समिति ‘क’ को उपसभापतिमा राजु गुरुङ र सीता गौतम खनाल, सचिवमा देवप्रसाद खनाल र असिम थापा तथा सहसचिवमा भेषराज पोखरेल र धनकुमारी खनाललाई अगाडि सारिएको छ । त्यस्तै प्रदेश सभा क्षेत्रीय समिति ‘ख’ को उपसभापतिमा सर्वजित केसी र प्रेमबहादुर बानिया, सचिवमा मीना जिसी र नारायण अधिकारी तथा सहसचिवमा नारायण खनाल र काशिराम शर्मा पौडललाई अगाडि सारिएको उम्मेदवारी घोषणा गर्दै महासमिति सदस्य युवराज गिरीले जानकारी दिए ।
उम्मेदवारी घोषणा गर्दै महासमिति सदस्य गिरीले पार्टी सभापति शेरबहादुर देउवालाइ सहयोग गर्न आफूहरुको टिम बनेको दाबि गरे ।
त्यस अवसरमा क्षेत्रीय सभापतिका उम्मेदवार काजिमान श्रेष्ठ, प्रदेश सभा क्षेत्रीय सभापतिका उम्मेदवार द्वय माधवलाल देवकोटा, रामेश्वर श्रेष्ठ, क्षेत्रीय सचिव पदका उम्मेदवार प्रजापाल गिरीले पार्टीलाई ससक्त र गतिशिल बनाउन आफूहरुको उम्मेदवारी रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, पूर्व क्षेत्रीय सभापति हरिबहादुर आचार्य लगायतले शुभकामना व्यक्त गरे ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत आगामी मंसिर ३ गते प्रदेश सभा क्षेत्रीय समिति र ६ गते प्रतिनीधि सभा क्षेत्रीय समितिको निर्वाचन हुँदैछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)