बुटवल,कार्तिक २७।
नेपाल बैंक लिमिटेडले ८५ औँ बार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता गरेको छ ।
बैंकको लुम्बिनी प्रादेशिक कार्यालयको आयोजनामा रुपन्देहीको तिलोत्तमामा भएको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितामा सैनामैना नगरपालिकाको टीम बिजेता भएको छ । सैनामैना नगरपालिकाको टीम चिरञ्जिवी पाण्डे र नरेशप्रकाश ओलीको जोडीले बुटवल उपमहानगरको टीम दिनेशकाजी बज्राचार्य र सन्दीप थापाको जोडीलाइ हराएको हो ।
बुटवल उपमहानगरको टीम उपबिजेता बन्यो । त्यस्तै महिलाटीमबाट नेपाल बैंक लिमिटेड बाणगंगा शाखाकी लक्ष्मी भट्टराइ बिजेता बनिन् भने बुटवल शाखाकी निना श्रेष्ठ उपबिजेता बनिन् ।संस्थाहरु तथा बैंकका कर्मचारीबिच एक आपसमा सम्बन्ध बिस्तारका लागि कार्यक्रम गरिएको बैंकका प्रदेश प्रमुख लेखनाथ भुसालले बताउनुभयो ।
बुटवल,तिलोत्तमा र सैनामैना नगरपालिकाको टीम तथा बैंकका शाखा कर्मचारी सहभागि टीम गरि जम्मा १० टिमबिच मैत्रीपूर्ण प्रतिस्प्रधा भएको बैैंकका प्रादेशिक कार्यालय प्रबन्धक सुपज ज्ञवालीले बताउनुभयो । बिजेताहरुलाइ शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको रेफ्री अर्जुन कार्कीले बताउनुभयो ।
१९९४ कार्तिक ३० मा स्थापना भएको नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक हो । देशभर २१३ शाखासहित ७५ जिल्लामा फैलिएको बैंकका ४६ वटा एक्स्टेन्सन काउन्टर,१५० एटीएम, तथा डिजिटल प्लेटफर्म मार्फत २० लाख ग्राहकलाई सेवा पुर्याइरहेको छ । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)