Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पा एमालेबाट सर्वसम्मत छानिए १५ जना महाधिवेशन प्रतिनिधि

पाल्पा एमालेबाट सर्वसम्मत छानिए १५ जना महाधिवेशन प्रतिनिधि

  • 2.4K
    SHARES

  • पाल्पा एमालेबाट सर्वसम्मत छानिए १५ जना महाधिवेशन प्रतिनिधि

    बुटवल,कार्तिक २७।

    नेकपा एमाले पाल्पाले महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पाबाट १८ जनाले महाधिवेशनमा प्रतिनिधित्व गर्नेछन् । १५ जना सर्वसम्मत छनोट भए भने तीन जना केन्द्रीय समितिमा रहेका सोझै प्रतिनिधि हुन पाउनेछन् ।

    जसमा खुल्लातर्फ नौ, महिला चार र उत्पीडितबाट दुई जनाले प्रतिनिधित्व गर्ने नेकपा एमाले जिल्ला अध्यक्ष नारायण आचार्यले जानकारी दिए ।  महाधिवेशन प्रतिनिधिमा क्षेत्र नम्बर १ बाट खुल्लातर्फ पुरुष रामपुर नगरपालिकाबाट राधाकृष्ण कँडेल, निस्दी गाउ“पालिकाबाट देवीलाल लामिछाने, माथागढीबाट विमल काफ्ले र तानसेन–८, मदनपोखराबाट झपेन्द्र बहादुर जीसी चयन भए । महिलातर्फ रामपुरकी सरस्वती भट्टराई, रम्भाबाट कुविजा अर्याल सर्वसम्मत भए ।

    क्षेत्र २ मा खुल्लातर्फ तानसेन नगरपालिकाबाट अशोककुमार शाही र नविन थापा, तिनाउबाट ओमबहादुर घर्ति, बगनासकालीबाट मोहन थापा मगर, रैनादेवी छहराबाट रामबहादुर राउत सर्वसम्मत भएका छन् । महिलातर्फ तानसेनकी नारायणी शर्मा र रिब्दीकोटकी गीताकुमारी पाण्डेय चयन भएको एमालेले जनँएको छ । यस्तै उत्पीडिततर्फ तानसेन–३ बाट ठाकुर प्रसाद लोहागुन र तानसेन–५ बाट दीपक विश्वकर्मा चयन भएका छन् ।

    एमाले केन्द्रीय सदस्यहरु दलबहादुर राना र ठाकुर गैर साथै केन्द्रीय लेखापरीक्षण आयोग सदस्य धनेन्द्रराज घिमिरे प्रतिनिधि हुन पर्दैन । एमाले १० औ महाधिवेशनका लागि १ हजार २ सय पार्टी सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट हुन पाउने विद्यानमा व्यवस्था छ । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology