Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,३ जनाको मृत्यु

थप ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,३ जनाको मृत्यु

  • 2.3K
    SHARES

  • थप ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,३ जनाको मृत्यु

    बुटवल,कार्तिक २६ ।

    पछिल्लो २४ घण्टामा देशभर ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार सोही अवधिमा ३८९ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १६ हजार ४१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७ पुगेको छ ।

    संक्रमितमध्ये हालसम्म ७ लाख ९७ हजार ४४८ पुगेको छ।  यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यससँगै देशभर मृतकको कुल संख्या ११ हजार ४६९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४९८ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology