Logo बिहिवार, आश्विन १ गते २०८३
images

समाजवादी प्रेस संगठन रुपन्देहीको संयोजकमा परियार,सचिवमा बेल्वासे र सहसचिवमा रणपाल चयन

समाजवादी प्रेस संगठन रुपन्देहीको संयोजकमा परियार,सचिवमा बेल्वासे र सहसचिवमा रणपाल चयन

  • 2.4K
    SHARES

  • समाजवादी प्रेस संगठन रुपन्देहीको संयोजकमा परियार,सचिवमा बेल्वासे र सहसचिवमा रणपाल चयन

    बुटवल, कार्तिक २६ ।

    समाजवादी प्रेस सगंठन नेपाल रुपन्देहीमा युवा पत्रकार विनोद परियारको नेतृत्वमा कमिटी गठन भएको छ । सोमबार बुटवलमा समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भएको बैठकले रुपन्देहीको संयोजकमा विनोद परियारलाई चयन गरेको हो । 

    कमिटीको सह–संयोजकमा शंकर पाण्डे र उषा किरण पन्थ चयन भएका छन् ।  सचिवमा पुनहरि वेल्वासे र सहसचिवमा कृष्ण रणपाल रहेका छन् । बैठकले १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

    नेकपा एकीकृत समाजवादी रुपन्देहीका प्रचार विभाग प्रमुख सरिता श्रीसको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज एवं संगठनका वरिष्ठ संस्थापक नेता डा.बालकृष्ण चापागार्इंको प्रमुख आथित्यता रहेको थियो ।

    त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इन्चार्ज सिद्धिचरण भट्टराई, लुम्बिनी प्रदेश कमिटी सदस्य श्रीराम यादव, रुपन्देही जिल्ला सचिव अविराम विक, समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश इन्चार्ज विकास बञ्जाडे र संयोजक शिव सुवेदी लगायतको सहभागिता रहेको थियो ।

     बैठकलाईं सम्बोधन गदै लुम्बिनी प्रदेश पार्टी  प्रचार–विभागका प्रमुख समेत रहनु भएका डा.चापागाईंले समाजवादी प्रेस संगठन नेपालको लुम्बिनी प्रदेशमा संगठन बिस्तारको क्रम रुपन्देहीबाट अभियानको रुपमा थालनी गरिएको बताउंदै लुम्बिनी प्रदेशका सबै जिल्लामा कमिटी निर्माण गरिने बताए । साथै उनले समाजवादी प्रेस संगठनले श्रमजीवी पत्रकारहरुको हकहितको पक्षपोषण र  नेतृत्व गर्ने समेत बताए । संविधान तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर श्रमजीवी पत्रकारहरुलाई एकीकृत गर्दैे संगठन निमार्ण गर्ने प्रमुख उद्देश्य रहेको बताए । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology