Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा संसदीय दलकाे निर्देशन : प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको पक्षमा मतदान गर्नू,नत्र कारबाही !

नेकपा संसदीय दलकाे निर्देशन : प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको पक्षमा मतदान गर्नू,नत्र कारबाही !

  • 4.7K
    SHARES

  • नेकपा संसदीय दलकाे निर्देशन :  प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको पक्षमा मतदान गर्नू,नत्र कारबाही !

    बुटवल,असोज १७-

    प्रदेश न ५ नेकपा संसदीय दलको बैठकले ह्वीप लगाउने निर्णय गरेको छ।  स्थायी राजधानी र नामाकरणबारे शुक्रबार सदनमा पेश भएकाे प्रस्तावको पक्षमा मतदान गर्न बैठकले ह्वीप लगाउने निर्णय गरेकाे हाे । 

    मुख्यमन्त्री निवास बुटवलमा दिवाभोजसहित बसेको बैठकले प्रस्तावपास गराउनका लागि ह्वीप लगाउने निर्णय गरेको नेकपा सचेतक भूमिश्वर ढकालले जानकारी दिए।

    बैठकमा रुपन्देही र पाल्पाका सांसदहरुले रुपन्देहीबाट राजधानी सार्न नहुने धारणा राखेका छन्। बैठकमा कपिलवस्तुका सांसदहरुले भने कपिलवस्तुलाई नै राजधानी बनाउनुपर्ने धारणा राखे।रुपन्देही, नवलपरासी, पाल्पा र कपिलवस्तुका सांसदले दाङमा राजधानी प्रस्ताव गर्नु गलत भएको बताए।

    रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, कमला विश्वकर्मा, तुल्सी चौधरी, विमला पन्थी, दीपा विक, कृष्ण न्यौपाने, थानकुमारी थापा, दधिराम न्यौपानेलगायतका सांसदले असहमति जनाउदै आफ्ना भनाइ राखेका थिए।

    ‘हामीले दाङको विषयमा असहमति जनाएका छौं। अब मतदानमा के हुन्छ छलफलपछि टुंगो लाग्छ’, एक सांसदले भने ।सांसद विष्णु पन्थीले कपिलवस्तु राजधानी हुनुपर्ने मत राखेका छन्।

    उनले संसोधन प्रस्ताव समेत दर्ता गर्ने र पार्टीको ह्विप नमान्ने अडान लिएका हुन्। बैठकमा अर्घाखाँची र गुल्मीका सांसद विपक्षमा रहेनन्। प्युठान, रोल्पा, रुकुमका सांसदले बैठकमा सरकारको निर्णयको समर्थन गरेका छन्। 

    सांसदहरुले आफ्ना धारणा राखेपछि दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेलले पार्टी निर्णय विपरीत नजान निर्देशन दिए। प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरेको थियाे ।  साे प्रस्ताव पेश भएसंगै बिराेधमा बुटवलमा आन्दाेलन शुरु भएकाे छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology