Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘विप्लव’ नेतृत्वको नेकपाद्वारा कार्तिक ३० गते नेपाल बन्दको घाेषणा,मूल्यवृद्धिको विरोधमा आन्दोलन चर्काउने

‘विप्लव’ नेतृत्वको नेकपाद्वारा कार्तिक ३० गते नेपाल बन्दको घाेषणा,मूल्यवृद्धिको विरोधमा आन्दोलन चर्काउने

  • 2.1K
    SHARES

  • ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा कार्तिक ३० गते नेपाल बन्दको घाेषणा,मूल्यवृद्धिको विरोधमा आन्दोलन चर्काउने

    बुटवल,कात्तिक २५ ।

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्द सहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपामा महासचिव विप्लवले बिहीबार विज्ञप्ति जारी गरेर नेपाद बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

    पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा ३० कात्तिकमा नेपाल बन्द हुनेछ । यस्तै २५ कात्तिक अपरान्ह ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कात्तिकमा दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन, २८ कात्तिक बिहान १० देखि ११ बजेसम्म १ घन्टा चक्काजाम र २९ कात्तिकमा दिउँसो सिट्टी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

    ‘मूल्य वृद्धिसँगै जनताले एकातिर करिब २०० प्रतिशत बढी मूल्य भुक्तानी गर्न विवश हुनेछन् भने अर्कोतिर त्यसको प्रभावले सार्वजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरूमा मूल्यवृद्धि हुनेछ ।यसबाट नेपाली उपभोक्ता कैयौं गुणा बढी मारमा पर्नेछन् । हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहन सक्दैन । तसर्थ सम्पूर्ण मूल्यवृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ’, जारी विज्ञप्तिमा उल्लेख छ ।

    ‘पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य वृद्धि गरियो । जसअनुसार ४७ रुपैयाँमा आयात गरिने पेट्रोलियम १३३ रुपैयाँमा बिक्री गरिनेछ । विज्ञहरूले मापन गरेअनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल ७० रुपैयाँमा बिक्री गर्न सकिन्छ । दैनिक रूपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ’, विप्लवले प्रश्न गर्दै भनेका छन् ।biplove.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology