Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन (फाेटो फिचर)

बुटवलमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन (फाेटो फिचर)

  • 2.6K
    SHARES

  • बुटवलमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन (फाेटो फिचर)

    बुटवल,कात्तिक २५ ।

    उदाउँदो सूर्यलाई अर्घ्य दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट विधिवत रुपमा सम्पन्न भएको छ । हिजो बेलुका जलासयहरुमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई रातभर भजन कृतन गरी आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै विधिवत रुपमा समापन भएको हो । puja.jpg

    कात्तिक शुक्ल चौथी देखि सप्‍तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाए ।chhti puja  (5).jpg

    पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । मूलतः सूर्य देवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए ।chhti puja  (2).jpg

    त्यस्तै, षष्टी तिथीको दिन अर्थात सन्ध्याकालीन र आज प्रभातकालीन सूर्यको अर्घ्य​ दिएपछि चार दिवसीय छठ पर्व ​विधिवत रुपमा समापन भएको हो ।  aa.jpg

    बुटवलमा अस्ताउँदो सूर्यलाई अर्घ्य (फाेटो फिचर)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology