Logo बिहिवार, आश्विन १ गते २०८३
images

भैरहवाकाे कार्यक्रममा ८ सय जना नेपाली कांग्रेसमा प्रवेश,गृहमन्त्री खाँणले गरे खादा ओढाएर स्वागत

भैरहवाकाे कार्यक्रममा ८ सय जना नेपाली कांग्रेसमा प्रवेश,गृहमन्त्री खाँणले गरे खादा ओढाएर स्वागत

  • 4.0K
    SHARES

  • भैरहवाकाे कार्यक्रममा ८ सय जना नेपाली कांग्रेसमा प्रवेश,गृहमन्त्री खाँणले गरे खादा ओढाएर स्वागत

    बुटवल,कार्तिक २४ ।

    नेपाली कांग्रेसमा ८ सय भन्दा बढी प्रवेश गरेका छन् ।

    भैरहवामा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष दिलिप कान्दू सहित नगर भित्रका १३ वटै वडाबाट ८ सय बढीले नेपाली कांग्रेस प्रवेश गरेको नगर सभापति कोशिश बहादुर खड्काले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले उनीहरुलाई पार्टी प्रवेश गराए । साे कार्यक्रम नेपाली कांग्रेस सिद्धार्थनगर नगर कमिटीले  भैरहवामा आयोजना गरेको थियाे ।

    नगर सभापति खड्काले सबै वडाबाट पार्टी प्रवेश गर्ने थप आकांक्षीहरु भए पनि स्थान र समय अभावका कारण सबैलाई एकै पटक प्रवेश गराउन नसकिएको बताए । उनले छिट्टै नै अर्को कार्यक्रमको आयोजना गरि ईच्छुकलाई पार्टी प्रवेश गराउने बताए ।

    कांग्रेस थप सबल र सुदृढ हुन्छ : गृहमन्त्री खाँण

    कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले आजको पार्टी प्रवेश कार्यक्रमले नेपाली कांग्रेसलाई नयाँ उर्जा मिलेको बताए ।

    खाँणले आउने दिनमा नेपाली कांग्रेस थप सबल र सुदृढ हुने संकेत देखिएको जिकिर गरे । उनले आउने स्थानिय निर्वाचनमा नगर प्रमुख र उप–प्रमुख सहित सबै वडामा नेपाली कांग्रेस नै बिजयी हुने बताए ।

    खाँणले नेपाल प्रहरीमा थपिएको १५ प्रतिशत राशन भत्ता तल्लो तह सम्म पुर्याउन प्रहरीका उच्च अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् । khad bk.jpg

    खाँणले अझै पनि कोभिडको महामारी अन्त्य नभई सकेको जिकिर गर्दै यसबाट अझै सावधान हुनु पर्ने बताए । उनले नेपालका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सफाईकर्मि लगायतले अहोरात्र खटिएर धेरै मानविय क्षति हुन नदिएको बताए । 

    यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले गठबन्धनको सरकार बचाउँदै स्थानीय तथा आम निर्वाचन सफल बनाउनका लागि पार्टी सभापति र प्रधानमन्त्री एउटै हुनुपर्ने बताए ।

    कार्यक्रममा नेपाली कांग्रेसबाट नगरमा बिजयी बुथ सभापति एवं प्रदेशमा मन्त्री बनेका वसिउद्दिन खाँ लाई सम्मान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology