Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मोतीपुर घटना : मृतकका परिवारलाई पाँच लाख आर्थिक सहयोग र ५० हजार किरिया खर्च दिने सरकारको निर्णय

मोतीपुर घटना : मृतकका परिवारलाई पाँच लाख आर्थिक सहयोग र ५० हजार किरिया खर्च दिने सरकारको निर्णय

  • 2.5K
    SHARES

  • मोतीपुर घटना : मृतकका परिवारलाई पाँच लाख आर्थिक सहयोग र ५० हजार किरिया खर्च दिने सरकारको निर्णय

    बुटवल,कार्तिक २४ ।

    बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतीपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको हो ।

    पाँच लाख रुपैयाँ आर्थिक सहयोग र ५० हजार किरिया खर्च दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।२४ असोजमा एक समूहले बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो ।

    सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए । यसअघि प्रदेश सरकारले मोतीपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology