Logo बिहिवार, आश्विन १ गते २०८३
images

वेस्ट ह्यामसँग लिभरपुल स्तब्ध,३–२ गोलले पराजित

वेस्ट ह्यामसँग लिभरपुल स्तब्ध,३–२ गोलले पराजित

  • 2.3K
    SHARES

  • वेस्ट ह्यामसँग लिभरपुल स्तब्ध,३–२ गोलले पराजित

    काठमाडौं,कात्तिक २२/एजेन्सी


    उपाधि दाबेदार लिभरपुल वेस्ट ह्यामसँग स्तब्ध बनेको छ । लगातार २६ खेलमा अपराजित रहेर नयाँ क्लब कीर्तिमान बनाउने लक्ष्यसहित मैदानमा उत्रेको लिभरपुल ३–२ गोलले पराजित भएको हो ।

    गोलकिपर एलिसनले आत्मघाती गोल गरेपछि लिभरपुल  खेलको सुरुवातमा नै पछि परेको थियो । तर पहिलो हाफको अन्त्यतिर ट्रेन्ट अलेक्जान्डर अर्नोल्डले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा फोर्नाल्सले वेस्ट ह्यामलाई पुनः अग्रता दिलाए । सात मिनेटपछि नै कर्ट जोउमाले वेस्ट ह्यामको अग्रता फराकिलो बनाए । ८३ औँ मिनेटमा डिभोक ओरिगीले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल हुन सकेन ।

    पराजयपछि लिभरपुल लिगको चौथो स्थानमा खस्किएको छ भने वेस्ट ह्याम लिभरपुललाई उछिन्दै लिगको तेस्रो स्थानमा रहेको छ । ११ खेलपछि लिभरपुलको २२ अङ्क छ भने वेस्ट ह्यामको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगै २३ अङ्क रहेको छ ।

    आइतबार नै भएको अर्को खेलमा आर्सनलले वाटफोर्डमाथि संघर्षपूर्ण जीत निकालेको छ । आर्सनलको जीतमा एमिल स्मिथ रोवीको एक मात्र गोल निर्णायक बनेको थियो । जीतसँगै आर्सनल २० अङ्क बटुल्दै लिगको पाचौँ स्थानमा उक्लिएको छ । उता, टोटनह्यामले एभर्टनसँग गोलरहित बराबरी खेल्यो भने लिड्स र लेस्टर सिटीले पनि बराबरी खेल्न बाध्य बने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology