Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

बुटवलमा नन्दिनी गौशाला संचालन

बुटवलमा नन्दिनी गौशाला संचालन

  • 2.8K
    SHARES

  • बुटवलमा नन्दिनी गौशाला संचालन

    बुटवल,कात्तिक १८।

    बुटवलमा गौ शाला स्थापना भएको छ । उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समुहको संयुक्त आयोजनामा गौशाला तथा गौ संरक्षण केन्द्र स्थापना गरिएको हो । बिहीबार लक्ष्मीपूजाका अवसरमा केन्द्रको शुभारम्भ गरिएको छ।

    हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारको गाईपुजाको अवसर पारेर नंदनी गौआश्रम समुद्घाटन गरिएको हो। एक समारोहका बिच मुक्तिनाथ धामका पिठाधिस स्वामी लोकानन्द र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र लोकानन्द स्वामीले संयुक्तरूपमा उद्घाटन गरेका छन। पाच वटा गाईलाई पंन्च कन्याद्घारा प्रवेश गराएर शुभारम्भ गरिएको थियो।

    करीब ६ विगाहा क्षेत्रफलमा तारजाली गरिएको छ । जहाँ ५० बढि गाई अट्ने सेड पुर्वाधार निर्माण गराईएको छ। यसैगरि गाईलाई गुड बनाएर दाना र पानीको उपयोग गर्न मिल्ने ब्यवस्था, विद्युत ब्यवस्थापन गरिएको छ।

    दुई जना गौ हेरालुहरु ब्यवस्थापन गरि गौ हेरालुहरुलाई २ वटा रुम र स्टोर रुम निर्माण गरिएको छ। यसैगरि मध्येभागमा १ हजार ८ बरपिपल र स्वामीका वृक्ष लगाउने र गोवर्धन पर्वत बनाउने योजना छ।

    शिवनगर सामुदायिक वन क्षेत्रमा गौशाला ब्यवस्थापन समिति गठन गरेर चलाउने योजना रहेको बुटवल उपमहानगरपालिकाका सामाजिक शाखाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुईटेलले बताए।gausala butwal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology