Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी समाज जापानको प्रवक्तामा वामीका दिलिप थापा चयन 

गुल्मी समाज जापानको प्रवक्तामा वामीका दिलिप थापा चयन 

  • 1.8K
    SHARES

  • गुल्मी समाज जापानको प्रवक्तामा वामीका दिलिप थापा चयन 

    गुल्मी,कार्तिक १७ । 

    गुल्मीका समाजसेवी दिलिप थापा गुल्मी समाज जापानको प्रवक्क्तामा चयन हुनुभएको छ । बुधवार गुल्मी समाज जापानको पहिलो बैठकले थापालाई गुल्मी समाज जापानको प्रवक्क्ताको रुपमा चयन गर्ने निर्णय गरिएको गुल्मी समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीले जानकारी दिनुभयो ।

    गुल्मी मुसिकोट नगरपालिका ७ वामी शेरा निवासी साविकको वामी गाविस वडा ९ शेरामा स्थायी घर भई हाल रोजगारीको शिलशिलामा जापानमा कार्यरत रहदै आउनु भएका समाजसेवी थापाले विगत लामो समयदेखि आफ्नो जन्मभूमीप्रति सामाजिक कर्ममा निरन्तर सक्रियतापूर्वक समाजसेवामा सहयोग  गदै आइरहनु भएको छ ।

    त्यस्तै समाजसेवी थापा हाल वामी सेवा समिति जापानका बरिष्ठ उपाध्यक्ष एंव अन्तराष्ट्रिय नमुना समाजका संस्थापक अध्यक्ष  एंव समाजका बर्तमान संरक्षक समेत रहनु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology