Logo बिहिवार, आश्विन १ गते २०८३
images

मेटमणिको भविष्यवाणी : ‘एमाले प्रत्यक्षतर्फ शुन्य हुन्छ,समानुपातिकतर्फ १०–१२ वटा सिट मात्रै !’

मेटमणिको भविष्यवाणी : ‘एमाले प्रत्यक्षतर्फ शुन्य हुन्छ,समानुपातिकतर्फ १०–१२ वटा सिट मात्रै !’

  • 2.8K
    SHARES

  • मेटमणिको  भविष्यवाणी : ‘एमाले प्रत्यक्षतर्फ शुन्य हुन्छ,समानुपातिकतर्फ १०–१२ वटा सिट मात्रै !’

    भैरहवा,कात्तिक १७ ।

    नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले आगामी निर्वाचनमा १६५ वटा निर्वाचनमध्ये कुनै पनि स्थानमा केपी ओली नेतृत्वको नेकपा एमालेले जित्न नसक्ने दावी गरेका छन् ।

    उनले समानुपातिकतर्फ एमालेले १०–१२ वटा सिट ल्याए पनि प्रत्यक्षतर्फ भने शुन्य सिट हुने बताए । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले बुधबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता चौधरीले घनश्याम भुसाल लगायत केही नेताहरु केही समय बिराएर ओली नेतृत्वको पार्टीमा रहे पनि उहाँहरु छिट्टै एकीकृत समाजवादीमा फर्कने दावी गरे । ‘रनभुल्ल भएर उहाँहरु ओली पार्टीमा हुनुहुन्छ, एमालेको महाधिवेशन अगाडी नै समाजवादीमा आउनुहुन्छ, ’उनले भने ।

    वर्तमान गठबन्धन निर्वाचनसम्म मात्र नभई निर्वाचनपछि पनि कायम रहने उनको भनाइ छ । ‘जबसम्म हामीले योग्यता क्षमता निर्माण गर्न सक्दैनौ, तबसम्म गठबन्धन रहनेछ, ’नेता चौधरीले भने । नेपालको कम्युनिष्ट आन्दोलन अत्यन्तै अफ्ठयारो अवस्थामा रहेको उनले बताए ।

    ‘नेकपा (एकीकृत समाजवादी) निर्माण नभएको भए नेपालको कम्युनिष्ट आन्दोलन हामी आफ्नै आँखा अगाडी समाप्त भएको देख्नुपर्दथ्यो, यो खालको अवस्था आइसकेको थियो, आज एकीकृत समाजवादी निर्माण गरेर समाप्त-विघटन गर्न लागेको नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरी पनि सेफ गरेका छौं, ‘यसमा हामी सफल भएका छौं, समृद्ध बनाउने ठाउँमा छौं, ’उनले भने । ओलीबाहेक सबै कम्युनिष्ट पार्टी एक भएर मिल्ने र मोर्चा बनाउने र मिल्ने अभियानमा रहेको र विचार मिलेर उपेन्द्र नेतृत्वको पार्टीसंग सहकार्य गरेर ठूलो बहुमतका साथ चुनाव जित्ने बाटोतर्फ अगाडी बढेको उनले बताए ।

    मुलुकको राजनीतिक कोर्स परिवर्तन भएको र राजनीतिक परिवर्तन भए पनि मुलुकलाई सञ्चालन गर्ने आवश्यक योग्यता क्षमता निर्माण हुन नसकेको उनले बताए ।

    ‘प्रधानान्याधिशले मन्त्री बनाइदिनुस् भनेर प्रेसर दिनुभयो भनेर दबाब दिनुभएको सांचो हो भने त्यो गलत कार्य हो, सेटिङ बार्गेनिङको कुरा सांचो हो भने उहाँले पदबाट राजीनामा दिनुपर्छ, ’उनले भने । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्केपछि एक खालको दृष्टिकोण बनाउने उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology