Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आजको मौसम :पहाडी भूभागमा आंशिक बदली

आजको मौसम :पहाडी भूभागमा आंशिक बदली

  • 2.2K
    SHARES

  • आजको मौसम :पहाडी भूभागमा आंशिक बदली

    बुटवल,कात्तिक १७ ।

    हाल देशभर उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

    कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका  एक दुई  स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ । 

    यसैगरी राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    यसैबीच यस्तै बुधबार भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । यस्तै बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology