Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शान्ति समाजद्वारा एकैपटक १६ जना स्रष्टा पुरस्कृत

शान्ति समाजद्वारा एकैपटक १६ जना स्रष्टा पुरस्कृत

  • 3.6K
    SHARES

  • शान्ति समाजद्वारा एकैपटक १६ जना स्रष्टा पुरस्कृत

    बुटवल,कात्तिक १६। 

    मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान गरेको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर उक्त पुरस्कारहरु प्रदान गरिएको हो ।

    वर्ष २०७८ को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्राडा वेणीमाधव ढकाल, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान रामरिझन यादव, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान रामबहादुर पहाडी, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान रत्ननिधि रेग्मी, मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रामेश्वरी पन्तलाई  प्रदान गरेको हाे ।

    त्यस्तै, गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात प्रतिसरा सायमी, जोगमाया बराल स्रष्टा सौगात विना थिङ तामाङ, राधादेवी दाहाल स्रष्टा सौगात मनु विक, जनककुमारी रेग्मी स्रष्टा सौगात मेनका पोखरेल आचार्य, पद्यप्रसाद दाहाल स्रष्टा सौगात देवकी तिमल्सिना रोकाया, श्रीप्रसाद दाहाल स्रष्टा सौगात सुदेश सत्याल र वर्ष २०७७ को राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान निलम कार्की निहारिकालाई प्रदान गरिएको हो ।shrastha-samman-2.jpg

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमकोअध्यक्षता  शान्ति समाजका सभापति गोविन्द खनालले गरेका थिए । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुरस्कृत स्रष्टाहरुलाई रु २० हजार नगद राशीसहित ताम्रपत्र प्रदान गरेका थिए । कार्यक्रममा पुरस्कृत स्रष्टाहरुले कविता प्रस्तुत गरेका थिए । 

    यसैगरी कार्तिक १५ गते शान्ति समाजद्वारा नेपालगञ्जमा आयोजित कार्यक्रममा पवित्रादेवि चौलागाई मानव अधिकार स्रष्टा सम्मान स्रष्टा विष्णुलाल कुमाल र श्रीनारायण दाहाल स्रष्टा सौगात स्रष्टा रविना चौधरीलाई प्रदान गरिएको थियो । कार्तिक १२ गते इटहरीमा आयोजित कार्यक्रममा स्रष्टा मनु मञ्जिललाई भूमिप्रसाद बराल स्रष्टा सौगात प्रदान गरिएको थियो ।

    स्वागत मन्तव्य समाजका उपसभापति रत्नलक्ष्मी श्रेष्ठले राखेकी थिइन् ।  

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology