Logo बिहिवार, आश्विन १ गते २०८३
images

आन्तरिक विवाद मिलाउन काँग्रेस शीर्ष नेता सानेपामा,१९ गते केन्द्रीय कार्यसमितिकाे बैठक

आन्तरिक विवाद मिलाउन काँग्रेस शीर्ष नेता सानेपामा,१९ गते केन्द्रीय कार्यसमितिकाे बैठक

  • 2.3K
    SHARES

  • आन्तरिक विवाद मिलाउन काँग्रेस शीर्ष नेता सानेपामा,१९ गते  केन्द्रीय कार्यसमितिकाे बैठक

    बुटवल,असोज १७-

    नेपाली काँग्रेसका पदाधिकारी  र पूर्वपदाधिकारीबीच पार्टी कार्यालय सानेपामा छलफल भइरहेको छ । 

    शनिबार विहान १० बजेबाट सानेपामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उसभापतिद्वय बिमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतबीच छलफल भइरहेको छ । 

    कोरोनाले प्रभावित महाधिवेशनको कार्यतालिका, भातृ संस्थाहरूको अवधि बढाउने निर्णय अनुमोदन र काँग्रेस प्रवेश गरेर तत्कालीन राप्रपाका नेता सुनीलबहादुर थापासहितका नेताहरूको व्यवस्थापनका विषयमा छलफल भइरहेको ती नेताले बताए ।यस्तै वरिष्ठ नेता पौडेल पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा दर्ता गराएको ज्ञापनपत्र र संसदमा विशेष अधिवेशन बोलाउन माग गर्नेविषयमा पनि छलफल भइरहेको छ । 

    पार्टीभित्र पैदा भएको विश्वासको संकटको हल गर्ने सभापति देउवाले  केन्द्रीय समितिको बैठकअघि शीर्ष नेताहरुको बैठक राखेको देखिन्छ । विहानपखको छलफलमा दुबै पक्षीबीच पार्टी विवादबारे कुरा मिलेको छैन । दिउँसो ३ बजे फेरि बैठक बस्ने गरी साढे १२ बजेबाट लञ्चब्रेक भएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।

    १९ गते बस्ने केन्द्रीय कार्यसमितिका एजेण्डा र पार्टीभित्र देखिएको आन्तरिक विवादबारे नेताहरुबीच छलफल भइरहेको काँग्रेसका एक नेताले जानकारी दिए ।

    सोमबार वरिष्ठ नेता पौडेलको अगुवाइमा २७ केन्द्रीय सदस्यले सभापति देउवाद्वारा पार्टी विधान विपरीत लिइएका निर्णय खारेजीका लागि १९ गतेसम्मको अल्टिमेटमसहित ९ पेज लामो ज्ञापनपत्र बुझाएका थिए ।

    करिब दुई महिनाको गृहकार्यपछि पौडेल समूहले क्रियाशिल सदस्यता वितरण, विभाग गठन, भ्रातृसंस्था, जनसम्पर्क समिति गठनलगायतका निर्णय पुनर्विचार गर्न अल्टिमेटम दिएको हो । 

    आफ्ना मागको सुनवाई नभएमा पार्टी कार्यालयमा धर्नादेखि आमरण अनशनससम्म गर्ने पौडेल पक्षको तयारी छ । बुधबार सभापति देउवाको निवास बूढानीलकण्ठमा संस्थापन पक्षका शीर्ष नेताहरुबीचको अनौपचारिक छलफलले पौडेल पक्षका मागलाई प्रष्टिकरणमार्फत प्रतिवाद गर्ने योजना बनाएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology