Logo बिहिवार, आश्विन १ गते २०८३
images

आगामी निर्वाचनमा कांग्रेसले अवस्था हेरेर तालमेल गर्ने

आगामी निर्वाचनमा कांग्रेसले अवस्था हेरेर तालमेल गर्ने

  • 2.1K
    SHARES

  • आगामी निर्वाचनमा कांग्रेसले अवस्था हेरेर तालमेल गर्ने

    बुटवल,कात्तिक १६ ।

    प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन थालेको छ । कांग्रेसभित्र विगतको निर्वाचनको अभ्यास र निर्वाचनमा बढेको असन्तुष्टिलाई हेरेर तालमेल गर्नेभन्दा नगर्ने विषयमा बहस बढ्दै गएको छ ।

    कांग्रेसले २०७४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा धेरै स्थानमा अन्य दलसँग तालमेल गरी आफ्ना उम्मेदवारलाई फिर्ता गराएको थियो भने सोही कारण कांग्रेस नेता कार्यकर्ता अन्य दलको निर्वाचन चिह्नमा मतदान गर्न बाध्य भएका थिए ।

    ‘त्यसबेला कतिपय स्थानमा तालमेल गरिएका दलबाटै घात हुँदा कांग्रेसका शीर्ष तहका नेताहरूसमेत पराजित हुन पुगेको अवस्था बन्यो,’ कांग्रेस स्रोतले भन्यो । सोही परिणामबाट पाठ सिक्दै अहिले भने कांग्रेसले देशभर तालमेल नगरी आवश्यकता हेरेर मात्रै अन्य दलसँग तालमेल गर्ने नीति अघि सार्ने तयारी गरेको छ ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालीन आवश्यकता हेरेर निर्वाचनमा तालमेल हुने कि नहुने निधो हुने बताउँदै आइरहेका छन् ।

    उनले आइतबार जनकपुरमा आयोजित नेता कार्यकर्तासँगको भेटमा भने आगामी निर्वाचनमा तालमेल गर्ने अवस्था नरहेको बताएका थिए । यसैगरी, आइतबार नै एक कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले निर्वाचनमा देशभर नभई केही स्थानमा मात्रै आवश्यकता हेरेर अन्य दलसँग चुनावी तालमेल हुने सम्भावना रहेको बताएका थिए । उनी कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता हुन् ।

    यो समाचार आजको राजधानी दैनिकमा छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology