Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै देउसी भैलो खेल्न अनुराेध

रुपन्देहीमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै देउसी भैलो खेल्न अनुराेध

  • 1.6K
    SHARES

  • रुपन्देहीमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै  देउसी भैलो खेल्न अनुराेध

    बुटवल,कार्तिक १५ ।

    रुपन्देहीमा यस वर्ष देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले धेरै भिड–भाड नगरी सामान्य रुपमा देउसी भैलो खेल्न दिने जनाएको हो । गत वर्ष कोरोना महामारीका कारण जिल्ला प्रशासनले तिहारमा देउसी भैलो खेल्नका लागि पूर्ण प्रतिबन्ध लगाएको थियो ।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सामान्य रुपमा धेरै भिडभाड नगरी देउसी–भैलो खेल्न दिने बताएका हुन् ।

    पराम्परागत रुपमा मनाइने चाडपर्वहरु धेरै भिडभाड नगरी सामान्य रुपमा मनाउन दिने भनेर  दिउँसो देउसी–भैलो खेल्न दिने भए पनि रातको समयमा भने पूर्ण रुपमा प्रतिबन्ध गरिने सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

    जिल्ला प्रशासनले कति बजेसम्म देउसी भैलो खेल्न पाउने भनेर अब १-२ दिनमा नै औपचारिक रुपमा नै निर्णय गर्ने पाण्डेले जानकारी दिनुभयो ।  

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस बारेमा अहिलेसम्म कुनै औपचारीक निर्णय भने गरेको छैन।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology