Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दाङ घोराहीबाट ४ लाख ६४ हजार रकमसहित २० जना जुवाडे पक्राउ

दाङ घोराहीबाट ४ लाख ६४ हजार रकमसहित २० जना जुवाडे पक्राउ

  • 1.7K
    SHARES

  • दाङ घोराहीबाट ४ लाख ६४ हजार रकमसहित २० जना जुवाडे पक्राउ

    दाङ,कार्तिक १५ ।

    घोराहीबाट साढे चार लाख बढी नगदसहित प्रहरीले जुवाडे पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ रझेनामा आइतबार राति एक घरमा भइ रहेको जुवामा छापा मारेर प्रहरीले २० जुवाडे पक्राउ गरेको हो ।

    रझेनाका २५ बर्षीय यज्ञ खड्काको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर २० जना जुवाडेसहित चार लाख ६४ हजार आठ सय ८१ रुपैंया नगद बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

    जिल्ला प्रहरी कार्यालयदेखि झन्डै तीन किलो मिटर उत्तरमा पर्ने रझेनास्थित खड्काको घरमा छापा मारेर प्रहरीले साढे चार लाख नगदसहित जुवाडेले प्रयोग गरेका चारवटा जति कारहरु समेत बरामद गरेको एसपी काफ्लेले बाउनु भयो । प्रहरीलाई झुक्याएर एकजनाले लाखौं रकम राखेर कारबाट भाग्न सफल भएको पनि प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालका अनुसार कौडा खेली रहेको अवस्थामा जुवाको खालबाट रोल्पा रुन्टीगढी गाउँपालिका ४३ बर्षीय रुपलाल बिक, दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ का ४२ बर्षीय यज्ञप्रताप बस्नेत, ५१ बर्षीय रामप्रशाद गिरी,  २८ बर्षीय मानबहादुर बुढा मगर, ५० बर्षीय रगेन्द्र श्रेष्ठ,  घोराही १४ का २९ बर्षीय लालबहादुर अमल, घोराही १५ का ५७ बर्षीय शरद लामिछाने, घोराही १२ का ५२ बर्षीय कुलराज वली रहेका छन् ।

    त्यस्तै घोराही ४ गोग्लीका ६२ बर्षीय श्रीधर अधिकारी, घोराही ५ का ५७ बर्षीय नबिन पछाँँई, घोराही १५ बा ५७ बर्षीय महाबिर वली, सोही ठाउँका ५२ बर्षीय चेतनाथ धिताल, ४६ बर्षीय सुवाश धिताल, ४२ बर्षीय विकाश खत्री, ४२ कै प्रमोद गौतम, घोराही १९ का ५६ बर्षीय इश्वर रायमाझी, घोराही १६ का ३४ का रबी गिरी, घोराही १८ का ४९ बर्षीय समिर लामा, घोराही १४ का २५ बर्षीय यज्ञ खड्का र घोराही १४ का २४ बर्षीय कमल घर्ती रहेको प्रहरीले जानकारी दिएको छ ।

    जिल्लामा पछिल्लो समय तुलसीपुर र घोराही क्षेत्रबाट प्रहरीले जुवा खालहरुमा छापा हानेर दिनहुँ जस्तो जुवाडेहरु पक्राउ गर्दे आएको छ । पक्राउ परेकाहरु बिरुद्ध जुवा ऐन अन्तरगत मुद्दा दायर गरि कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology