Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मुख्यमन्त्री भीम आचार्यले बुझाए प्रदेश प्रमुखलाई राजीनामा

मुख्यमन्त्री भीम आचार्यले बुझाए प्रदेश प्रमुखलाई राजीनामा

  • 2.9K
    SHARES

  • मुख्यमन्त्री भीम आचार्यले बुझाए प्रदेश प्रमुखलाई राजीनामा

    बुटवल,कार्तिक १५ ।

     प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् । सोमबार दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाएका हुन् ।

    प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल भएपनि एकल बहुमतको अवस्था नरहेकाले मुख्यमन्त्री पदबाट राजीनामा दिएको आचार्यले उल्लेख गरेका छन् ।

    १० भदौमा मुख्यमन्त्री नियुक्त भएका आचार्य २५ गते नै अल्पमतमा परेका थिए । एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।Bhim-Acharya-Rajinama.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology