Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण

  • 3.8K
    SHARES

  • स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण

    बुटवल,कात्तिक १४ ।

    गाउँ सेवा परिवार विर्घा स्याङ्जाले कालीगण्डकी गाउँपालिकामा औषधि तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

    परिवारले कालीगण्डकी गाउँपालिका र विर्घा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सर्नट्रेटर, बाइपैप मसीन, पीपीई सेट, सर्जिकल मास्क, कोभिड संक्रमित, बच्चा, महिला देखि वृद्द तथा दिर्घरोगिका औषधि, मल्टिभिटामिन लगायत अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेको गाउँ सेवा परिवारका महासचिव राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । gau sewa samaj syangya (2).jpg

    ‘कोभिडको दोश्रो लहरको असर गाउँमा अझै बाँकी हुनुका साथै तेश्रो लहर आउन सक्ने उच्च सम्भावना रहेकोले पालिकाबासीका लागि केहि सहयोग पुगोस् भनि परिवारले समयमै अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको हो,’ महासचिव पाण्डेले भन्नुभयो ‘यो कुनै प्रतिफलका लागि नभएर विशुद्द सेवाभाव हो, हाम्रो सानो सहयोगले कोहि १ जना व्यक्तिको मात्र जीवनरक्षा गर्न सकेपनि हाम्रा लागि ठुलो उपलब्धि हुनेछ।’  

    कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम थापाले नेपालको पुरानो सामाजिक संस्था मध्येको एक गाउँ सेवा परिवारले विगतमा विकास निर्माणदेखि शिक्षा तथा खेलकुदको क्षेत्रमा गरेको कार्यको उच्च प्रसंसा गर्दै पछिल्ला वर्षहरुमा परिवारले गरेको स्वास्थ्य सम्बन्धि निरन्तर सहयोगका लागि धन्यवाद दिनुभयो ।

    स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै परिवारका पूर्व अध्यक्ष आत्माराम पाण्डेय र पूर्व महासचिव शिवनाथ पाण्डेयले लामो इतिहास बोकेको संस्था बिचमा केहि समय सुस्ताए पनि पछिल्लो नेतृत्वले गरेका कार्यहरुले सस्थालाई पुनर्जीवित गर्नुका साथै परिवारले उपलब्ध गराएका स्वास्थ्य सामग्रीको वितरण तथा उपयोग न्यायोचित तरिकाले हुनेमा ढुक्क भएको बताउनुभयो ।

    गाउँ सेवा परिवारले कालीगण्डकी गाउँपालिकामा गत वर्षहरुमा एम्बुलेन्स, औषधि तथा  स्वास्थ्य सामग्री प्रदान गर्नुको साथै निःशुल्क शिविर पनि सञ्चालन गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology