Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खांणले भने-‘संविधानको मूलधारमा नआएका दलहरुसँग सरकारले संवाद थालेको छ’

कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खांणले भने-‘संविधानको मूलधारमा नआएका दलहरुसँग सरकारले संवाद थालेको छ’

  • 3.1K
    SHARES

  • कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खांणले भने-‘संविधानको मूलधारमा नआएका दलहरुसँग सरकारले संवाद थालेको छ’

    बुटवल,कात्तिक १४ ।

    कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खांणले संविधानको मूल धारमा नआएका राजनीतिक दलहरुसँग सरकारले संवाद थालेको बताउँनु भएको छ ।

    सरकारको मुल दायित्व नागरिकको जिवन रक्षासँगै संविधानको रक्षा गर्दै पालना गराउँने भएको उँहाले बताउँदै संविधानको मूल धारमा नआएका राजनीतिक दलहरुलाई मूल धारमा ल्याउनको लागि सरकारले संवाद थालेको बताउँनुभयो ।

    गृह जिल्ला रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको आफ्नै निवासमा आज आउँनुभएका मन्त्री खांणले कार्यकर्ताहरुसँग कुराकानी गर्दै गणतन्त्र , संविधान र अहिलेको ब्यवस्थाप्रति सबैको स्वामित्व स्थापित गर्न सरकार सफल हुने विश्वास ब्यक्त गर्नुभयो । 

    नेपाली कांग्रेसका नेता समेत रहनुभएका खांणले अहिलेको गठबन्धनको सरकारलाई बचाएर आम निर्वाचनसम्म जाने बताउँनुभयो  । संविधानको रक्षा गर्दै जनताको विश्वास जित्न अहिलेको सरकार सफल हुन खांणले दाबी गर्नुभयो । 

    यस्तै गृहमन्त्री खाणले लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुइटा पाटा रहेको बताउँदै पत्रकारिता स्वतन्त्र भए लोकतन्त्र बलियो हुने दाबी गर्नुभयो । उँहाले सरकारको आलोचना गर्न पत्रकारहरुलाई आग्रह गर्दै आलोचनाबाट नै सरकार सच्चिन सहयोग मिल्ने जिकिर  गर्नुभयो । khadbk.jpg

    पछिल्लो वर्षाले किसानको धान बालिमा क्षति पुराएको उँहाले बताउँदै सरकारले उचित राहातको ब्यवस्थ गर्ने घोषणा गरि सकेको जानकारी दिनुभयो । गृहमन्त्री भएपछि खांण दोश्रो पटक गृह जिल्ला रुपन्देही आईपुग्नु भएको हो । उँहाले आफ्नै निवासमा कार्यकर्ताहरुसँग भेटघाट गर्नुभएको थियो ।

    यसपछि खांण गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा गौतमबुद्धको मुक्ति अनवारणमा जाने कार्यक्रम छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology