Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस बिना परिवर्तन र लोकतन्त्रको रक्षा हुनै सक्दैन : मीन बिश्वकर्मा

कांग्रेस बिना परिवर्तन र लोकतन्त्रको रक्षा हुनै सक्दैन : मीन बिश्वकर्मा

  • 2.8K
    SHARES

  • कांग्रेस बिना परिवर्तन र लोकतन्त्रको रक्षा हुनै सक्दैन : मीन बिश्वकर्मा

    बुटवल,कार्तिक १३ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मीन बिश्वकर्माले कांग्रेस बिना परिवर्तन र लोकतन्त्रको रक्षा हुन नसक्ने बताएका छन् ।

    संसारमै सबैभन्दा धेरै देशमा लोकतान्त्रीक शक्तिहरु रहेको भन्दै उनले विश्वका ५ देशमा मात्रै कम्युष्ट शासन रहेको बताए । उनले बिकास र समृद्धिका लागि कांग्रेस नै जनताको सच्चा साथी रहेको उनको भनाइ छ । नेपाली काँग्रेसमात्र जनताको भावना अनुसार काम गर्ने पार्टी भएको दाबी गरे ।

    बुटवल उपमहानगरपालिका वडा नं ११ मा भएको पार्टी  प्रवेश कार्यक्रममा बोल्दै उनले काँग्रेसमा आम नागरिकहरुको आकर्षण बढेको बताए। 

    सो अवसरमा  स्थानिय ५ सय ८० जना नेपाली काग्रेस पार्टीमा प्रवेश गरे । वडा सभापति जित बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा  काठमाडौ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्कीले स्थानिय तहबिच सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताईन ।

    हरेक पार्टीमा महिलाहरु अझै पनि नेतृत्वमा आउन नसकेको दुखेसो गरिन । पुरुष सरह महिलाहरु पनि नेतृत्व गर्न सफल रहेको भन्दै उनले महिलालाई घरायसी कामबाट मुक्त गराएर राजनितिमा ल्याउनुपर्ने बताए ।  महासमिति सदस्य युवराज गिरिले नेपाली काग्रेसमा आम नागरिकहरुको आकर्षण बढेको बताए। नेपाल सगरमाथाको देश, बुद्धको  देश, विपिको देशका रुपमा परिचय बनाउन सफल रहेको उनले तर्क दिए । 

    महासमिति सदस्य काजीमान श्रेष्ठले नेपाली काँग्रेसको १४ महाधिवेशनपछि वडा स्तरमा नै ठूलो प्रवेश कार्यक्रम भएको बताए। नेपाली काग्रेसमा एउटा लहर आएको भन्दै नया पार्टी प्रवेश गरेका सदस्यलाई पनि चुनौति भएको उनले बताए । नयाँ सदस्यलाई पार्टीको नीति तथा कार्यक्रमबारे जानकारी दिने र उत्प्रेरणा दिन जरुरी रहेको उनले बताए। काग्रेसको लालझण्डा फहराउन जरुरी रहेको उनले बताए ।

    महासमिति सदस्य बाल कुमारी भण्डारीले शेर बहादुर देउवा प्रधानमन्त्री रहदा वाचा गरेअनुसार ६५ वर्ष माथि उमेरलाई मासिक भत्ता दिने कामलाई अबको सरकारले पूरा गर्ने उनले बताईन । यसैगरि पटकपटक लालपुर्जा दिने बाचा गरेको कम्युनिस्टबाट जनता धोका पाएको भन्दै काँग्रेसले यो पूरा गर्ने उनले बताए ।

    कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नं २ का सभापति हरि लम्साल नेपालका कम्युनिस्टहरु जनताको हकहितभन्दा नामका लागि अग्रसर रहेकाहरुमात्र रहेको भन्दै केपि ओलीको कारण कम्युनिस्ट पार्टी सक्किन लागेको दाबी गरे । जनतालाई ढाट्ने र ठग्ने रुपमा मात्र अग्रसर र गफ चुट्ने काम कम्युनिस्ट सरकारको पालामा भएको उनले बताए ।  कार्यक्रममा बुटवल नगर सभापति खेलराज पाण्डेयले जनताले जाग्ने बेला आएको बताए । उनले अब बुटवलमा कांग्रेसले बिजयी भएरै छाड्ने उद्घोष गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology