बुटवल,कार्तिक १३ ।
बुटवलमा पाँच सय ८० जना अन्यपार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नं ११ मा भएको एक कार्यक्रममा स्थानिय ५ सय ८० जना नेपाली काग्रेस पार्टीमा प्रवेश गरेका हुन । वडा नं ११ को समितिको आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पाच सय बढि विभिन्न पार्टीका क्रियाशिल सदस्यहरु नेपाली काग्रेस पार्टीमा प्रवेश गरेको वडासभापति जित बहादुर मल्लले बताए ।
उनीहरुलाई नेपाली काग्रेस पार्टीका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मीन बिश्वकर्मा, तरुण दलका पुर्व केन्द्रीय सचिव चिरञ्जीवी जोशी, महासमिति सदस्य युवराज गिरि, काजीमान श्रेष्ठ, बाल कुमारी भण्डारी, राम बहादुर कार्कि, क्षेत्र नं २ का सभापति हरि लम्साल नेपाल, नेपाली काग्रेस पार्टी रुपन्देही जिल्ला सचिव रामकृष्ण खाँड, नगर सभापति खेलराज पाण्डेय, वडा नं ११ का सभापति जित बहादुर मल्लले टीका तथा माला लगाएर पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा पुर्वमन्त्री मीन बिश्वकर्माले लोकतान्त्रिक पार्टीमा प्रवेश गर्ने नया सदस्यहरुलाई स्वागत गर्दै नारा अनुसार समावेशी रुपमा नेपाली काँग्रेसमात्र जनताको भावना अनुसार काम गर्ने पार्टी भएको दाबी गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)