Logo बिहिवार, आश्विन १ गते २०८३
images

दीपावलीको १२ औं साधारणसभा : समृद्धिको यात्रामा सहकारीहरुको ठूलो भूमिका

दीपावलीको १२ औं साधारणसभा : समृद्धिको यात्रामा सहकारीहरुको ठूलो भूमिका

  • 2.1K
    SHARES

  • दीपावलीको १२ औं साधारणसभा : समृद्धिको यात्रामा सहकारीहरुको ठूलो भूमिका

    बुटवल, कार्तिक १३ ।

    बुटवल ११ देवीनगरस्थित दीपावली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष चन्डी प्रसाद न्यौपानेको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाखर खनालको प्रमुख आतिथ्यताका कार्यक्रम भएको थियो । 

    साधारणसभाको उद्घाटन गर्दै खनालले सानो बचतबाट समृद्धिको यात्रा तय गर्न सकिने भएकोले बचत गर्ने बानीको सबैले विकास गर्न आवश्यक भएको बताए । उनले सहकारीहरुले अब आफ्नो लगानी उत्पादनमूलक क्षेत्रमा लगाउन आवश्यक रहेको बताए । अर्थतन्त्रलाई चलायमान र समृद्धिको यात्रामा सहकारीहरुको ठूलो भूमिका रहेकोमा खनालले जोड दिए । 

    कार्यक्रममा सहकारीका अध्यक्ष सहकारीको कार्यक्षेत्र तिलोत्तमा वडा नम्बर १,३ र ४ लाई पनि बनाउन स्वीकृतिको लागि माग गरिएको बताए । अहिले सहकारीका शेयर सदस्य संख्या ११ सय भन्दा बढी पुगेको सहकारीका कोषाध्यक्ष लोकराज शर्माले जानकारी दिए ।

    सहकारीको कूल आम्दानी १ करोड ८६ लाख ३९ हजार ७२२ रुपैयाँ रहेको शर्माले बताए ।   सहकारीका सचिव कमल नेपालले शेयर सदस्य वृद्धि गरी १२ सय पु¥याउने गरी लागिएको बताए । कार्यक्रम सहकारीका अध्यक्ष चन्डी प्रसाद न्यौपानेले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष लोकराज शर्माले वार्षिक लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य सुस्मा अर्याल, लेखा संयोजक भरत पाठक, औषधि व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सुरज भट्टराई, सहकारीका सल्लाहकारहरु हिमलाल न्यौपाने, मनोहर पाठक, टीकाराम ढकाल, लालबहादुर थापा, पुष्पा कुमारी न्यौपानेले बोल्दै सहकारीलाई मजबुद्ध र नमूना बनाउन सबै जुटनुपर्नेमा जोड दिएका थिए ।

    सहकारीका उपाध्यक्ष पूर्णानन्द गिरीको स्वागत तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology