Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बार एशोसिएसनले दियो प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम

बार एशोसिएसनले दियो प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम

  • 2.1K
    SHARES

  • बार एशोसिएसनले दियो प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम

    बुटवल,कात्तिक १२ ।

    नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको छ । साथै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

    शुक्रबार बसेको बार कार्यसमितिको बैठकले आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाउन उपत्यकाका कानुन व्यवसायीहरुलाई आह्वान गरिएको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

    आन्दोलनको अवधिभरमा पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने उनले बताइन् ।विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको गरिमा कायम गर्न नसकेकाले राजीनामा मागिएको भन्दै बारले सर्वोच्चको इजलासमा बसेर आदेश वा फैसला नगर्न माग गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology