Logo बिहिवार, आश्विन १ गते २०८३
images

सम्बन्धको दोस्रो साधारणसभा : सहकारीहरु अब उत्पादन केन्द्रीत हुनुपर्छ

सम्बन्धको दोस्रो साधारणसभा : सहकारीहरु अब उत्पादन केन्द्रीत हुनुपर्छ

  • 2.7K
    SHARES

  • सम्बन्धको दोस्रो साधारणसभा : सहकारीहरु अब उत्पादन केन्द्रीत हुनुपर्छ

    बुटवल, कार्तिक १२ ।

    बुटवल–११ देवीनगर स्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष लोकराज शर्माको अध्यक्षता तथा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

    सो अवसरमा बोल्दै नेपालले सहकारीहरु अब उत्पादन केन्द्रीत हुनुपर्नेमा जोड दिए । अर्थतन्त्रलाई चलायमान गराउन सहकारीहरुको महत्वपूर्ण भूमिका रहेको नेपालले बताए । कार्यक्रममा सहकारीका अध्यक्ष शर्माले सहकारीका शेयर सदस्य वृद्धि गरी ६५० पुर्याउने लक्ष्यका साथ अगाडि बढेको जानकारी दिए ।

    सहकारी नयाँ भएकोले संस्थालाई थप सुद्धढ र व्यवस्थित बनाउनको लागि सबैको योगदान र सहयोग आवश्यक रहेकोमा  शर्माले जोड दिए । सम्बन्ध सहकारी बुटवल वडा नम्बर ११ को पहिलो बुहउद्देश्यीय सहकारी पनि हो । बुटवल ११ मा बहुउद्देश्यीय सहकारीको आवश्यकता महशुस गरी सहकारी स्थापना गरिएको थियो । बुटवल उपमहानगरपालिकामा दर्ता भएर सञ्चालनमा आउने बहुउद्देश्यीय सहकारीमा सम्बन्ध पहिलो बनेको छ । सहकारीमा अहिले ५६३ जना शेयर सदस्य छन् ।sambandha sahakari (1).jpg

    सहकारीको शेयर पूँजी ३६ लाख १४ हजार, निक्षेप बचत १ करोड ५४ लाख ६१ हजार ८३०, ऋण लगानी १ करोड ७० लाख ८३ हजार ४०० रहेको सहकारीका कोषाध्यक्ष सन्तोष केसीले जानकारी दिए ।  कार्यक्रममा सुभागमन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरि पौडेल, पथ प्रर्दशक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रमणि अधिकारी, बुटवल ११ का जनप्रतिनिधि तथा सहकारीका सल्लाहकार रणबहादुर थापा, सहकारीका सल्लाहकार राजेन्द्र ढकाल लगायतले बोलेका थिए ।

    सो अवसरमा ७० वर्ष पुगेको जेष्ठ नागरिकहरु मेघराज न्यौपाने, खक प्रसाद पुन, राजेन्द्र प्रसाद पाण्डे, रम्बा अधिकारी र छेदी लोनियालाई सम्मान गरिएको थियो ।

    सहकारीका अध्यक्ष लोकराज शर्माको अध्यक्षता, उपाध्यक्ष विष्णु कुमारी घिमिरेको स्वागत तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology