Logo बिहिवार, आश्विन १ गते २०८३
images

कपिलबस्तुमा ९२ ग्राम ब्राउन सुगर बरामद,विजय खत्री पक्राउ

कपिलबस्तुमा ९२ ग्राम ब्राउन सुगर बरामद,विजय खत्री पक्राउ

  • 1.5K
    SHARES

  • कपिलबस्तुमा ९२ ग्राम ब्राउन सुगर बरामद,विजय खत्री पक्राउ

    बुटवल,कात्तिक १२ ।

    कपिलवस्तुमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

    प्रहरीले नेपाल भारत सीमा क्षेत्रमा पर्ने मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट ९२ ग्राम ८२ मिली ग्राम तौल भएको २२ पोका ब्राउन सुगर बरामद गरेको हो । 

    लागुऔषधसहित बाणगंगा नगरपालिका ४ धनेशपुरका २७ वर्षीय विजय खत्री पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

    उनकाअनुसार बिहीबार दिउँसो १ः४५ बजे भारतदेखि नेपालतर्फ ल्याउँदै गर्दा सीमा प्रहरी चौकी चाकरचौडाले खत्रीलाई पक्राउ गरेको थियो ।

    पक्राउ परेका कार्कीलाई लागुऔषध ऐन २०३६ अनुसार मुद्दा दायर गरिएको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले नागरिक अनलाइनलाइ बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology