Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पत्रकारितामा महिला सहभागिता चुनाैतिपूर्ण

पत्रकारितामा महिला सहभागिता चुनाैतिपूर्ण

  • 2.3K
    SHARES

  • पत्रकारितामा महिला सहभागिता चुनाैतिपूर्ण

    बुटवल,कार्तिक ११ ।

    पत्रकारितामा महिलाहरुको सहभागिता उल्लेख्यनीय हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। बिहीबार क्रियाशील पत्रकार महिला रुपन्देहीले आयोजना गरेको संघर्षशील पत्रकार महिला सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा जनाएका हुन् ।

    कार्यक्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरी देवी चोधरीले पत्रकारितामा महिला सहभागिता बढ्नुपर्ने बताउँदै निष्पक्ष हुनुपर्नेमा जोड दिएकी छन्।

    कार्यक्रममा शिक्षा, विज्ञान, यूवा तथा खेलकुद मन्त्रालयका सामाजिक विकास महाशाखा प्रबन्धक शारदा बस्याल, पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे,महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का,रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले लुम्बिनी सरकारले ल्याएको सञ्चार विधेयक फिर्ता गराएरै छाड्ने बताएका छन् ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसी, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडी, महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष दिनेश पाण्डे, लायन्स क्लब अफ बुटवल सयपत्रीकी पूर्व अध्यक्ष तथा जोन चेयर पर्सन लायन्स कल्पना शिवाकोटी, संस्थापक अध्यक्ष भगवती पाण्डे लगाएतले मन्तव्य राखेका थिए ।

    संघर्षशिल पत्रकार महिला सम्मानबाट सिता विके सम्मानित :

    सो अबसरमा क्रियाशिल पत्रकार महिला रूपन्देहीद्वारा स्थापित संघर्षशिल पत्रकार महिला सम्मानबाट सिता विके सम्मानित भएकी छन् ।उनलाइ नगद दश हजार , प्रमाण पत्र, खादाले सम्मान गरिएको हो ।

    क्रियाशिल पत्रकार महिला रुपन्देहीकी अध्यक्ष कल्पना तिवारीको अध्यक्षता, सचिव बिन्दु भट्टराईको सञ्चालन रहेको कार्यक्रमको उपाध्यक्ष किस्मती चौधरीले समापन गरेकी थिईन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology