Logo बुधवार, श्रावण १३ गते २०८३
images

२४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,६६४ जना निको

२४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,६६४ जना निको

  • 1.4K
    SHARES

  • २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,६६४ जना निको

    बुटवल,कार्तिक ११ ।

    पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ८ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६६४ जना निको भएका छन् ।बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ ।

    योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ भने ७ लाख ८९ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २३६ जना रहेका छन् ।

    जसमध्ये ९ हजार ४१४ जना होम आइसोलेसनमा रहेका छन् भने ८२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २४८ जना आईसीयू र ८०१जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology