Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिटिजन लाईफ ईन्स्योरेन्सद्वारा  देवदहमा मन्दिर सरसफाइ तथा डस्टबिन बितरण

सिटिजन लाईफ ईन्स्योरेन्सद्वारा  देवदहमा मन्दिर सरसफाइ तथा डस्टबिन बितरण

  • 2.4K
    SHARES

  • सिटिजन लाईफ ईन्स्योरेन्सद्वारा  देवदहमा मन्दिर सरसफाइ तथा डस्टबिन बितरण

    बुटवल,कार्तिक ११ । 

    सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड देवदह शाखाको आयोजनामा मन्दिर सरसफाइ तथा डस्टबिन बितरण कार्यक्रम सम्पन्न भएको छ ।

    देवदह ५ खैरेनीमा रहेको लोकेश्वर शिब पाञ्चायन मन्दिरमा सरसफाइ तथा ५ थान डस्टबिनका साथै  कुचो बितरण गरिएको हो । ईन्स्योरेन्सको चौथो बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ र डस्टबिन बितरण गरिएको  देवदह शाखा प्रमुख बिनिता श्रीसले बताउनुभयो ।

     देवदह शाखा प्रमुख बिनिता श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा मन्दिरका कार्यबाहक अध्यक्ष गंगा प्रसाद तिवारी,देवदह प्रहरी निरिक्षक गंगा शारू, फर्साटिकर शाखा प्रमुख युवराज तिवारी,बुटवल एरिया शाखा प्रमुख दुर्गाराज ढकाल, एमडिआरटी कमला थापा,बुटवल शाखाका सिनियर एजेन्सी म्यानेजर अनिल अर्याल,एजेन्सी म्यानेजर फुलमाया श्रीस,महेन्द्रकुमार ज्ञवाली लगायतले बोल्दै सरसफाइ अभियानले वातावरण स्वच्छ बनाउन महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने बताएका छन् ।citizann.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology