Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेश सभा : एमालको अवरोध कायमै,दुइ बिधेयक पेश

लुम्बिनी प्रदेश सभा : एमालको अवरोध कायमै,दुइ बिधेयक पेश

  • 2.2K
    SHARES

  • लुम्बिनी प्रदेश सभा : एमालको अवरोध कायमै,दुइ बिधेयक पेश

    बुटवल,कार्तिक ११ । 

    लुम्बिनी प्रदेश सभाको बैठकमा एमालले अवरोध कायमै राखेको छ । पहिलो चरणको बैठक आधा घण्टाका लागि स्थगित समेत भएको छ ।

    निर्धारित समयभन्दा आधा घण्टा ढिलागरी सुरु भएको प्रदेश सभाको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गरेपछि आधा घण्टाका लागि स्थगित भएको हो ।

    सभामुख पुर्ण बहादुर घर्तीले बैठकको कारबाही सुरु गर्नासाथ एमालेका प्रदेश सभा सदस्य नारायण आचार्यले आफुहरूको माग पूरा नभएसम्म सदन चल्न नदिने भन्दै नाराबाजी सुरु गरेका थिए ।एमालेका प्रदेश सभा सदस्यहरूद्वारा लगातार आधाघण्टासम्म नाराबाजी जारी राखेपनि दोश्रो बैठकमा भने २ बिधेयक पेश भएका छन् ।

    वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भएको थियो । अबको अर्काे बैठक १४ गते दिनको ३ बजे बस्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology