Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रतिनिधिसभाको अर्को बैठक कात्तिक २९ गते बस्ने

प्रतिनिधिसभाको अर्को बैठक कात्तिक २९ गते बस्ने

  • 2.2K
    SHARES

  • प्रतिनिधिसभाको अर्को बैठक कात्तिक २९ गते बस्ने

    बुटवल,कार्तिक ११ ।

    प्रतिनिधि सभाको बिहीबारको बैठक स्थगित भएको छ। अर्को बैठक कात्तिक २९ गते सोमबारका लागि तोकिएको छ।

    आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद्हरुले अवरोध गरेका छन्।

    सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसद्हरु वेल घेर्न पुगेका थिए। सभामुखले बाढी पहिरोले पुर्‍याएको क्षति तथा समसामयिक विषयमा सदनमा छलफल गर्नुपर्ने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर, एमालेका सांसद्हरुले अवरोध जारी राखेका थिए।

    एमाले अवरोधकै बीच सभामुख सापकोटाले बैठकको कार्यसूची अघि बढाएका थिए।

    उनले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए। त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०७७र७८ पेश गर्न समय दिएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology