बुटवल,कार्तिक ११ ।
नेपाल तरुण दल बुटवलले ६८औं स्थापना दिवसको अवसरमा आश्रममा खाद्यान्न सहयोग गरेको छ । बुटवलको सुख्खानगरमा रहेको मानव सेवा अनाथ आश्रममा खाद्यान्न सामग्री सहयोग गरेको हो ।
सो अवसरमा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका उपसभापति फणिन्द्र शर्माले तरुण दलको स्थापना युवाहरुलाई सामाजिक कामहरुमा अग्रसर गराउन समाजमा राजनीतिक चेतना जगाउन युवाहरुलाई गोलबद्ध गराउने उद्देश्यले स्थापना गरिएको बताए ।
उनले तरुण दलको स्थापना पन्चायती कालमा तरुणदललाई गाउँ –गाउँमा राजनीतिक चेतना फैलाउन र पन्चायती साशन बिरुद्ध आदोलन गर्न गठन गरिएको बताउँदै काग्रेसको भातृसंगठन तरुणमा जोडिने युवाहरु स्वरोजगार बन्नुपर्ने बताए । स्थापना दिवसमा तरुण दलले आश्रममा सहयोग गरेर समाजप्रति थप उत्तरदायी बनेकोमा सराहाना गर्दै समाज परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्न समेत आग्रह गरे ।
आश्रमका अध्यक्ष लाेकनाथ भुसालले सबैले सहकार्य गरेर आश्रमलाइ अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू महेशमान सिंह,काजीमान श्रेष्ठ,तरुणदलका पूर्व केन्द्रीय सदस्य चिरञ्जिवी जोशी, नगर उपसभापति ज्योती भण्डारी, प्रजापाल गिरी,नेविसंघका केन्द्रिय उपसभापति मुक्ति पाैडेल,बासु बस्याल, तरूण दल क्षेत्रीय सभापति हसन्त लामा,तरूण दल नगर सचिव रमेश शाही लगायतले सुभकामना दिएका थिए ।
स्थापना दिवसको अवसरमा मानव सेवा अनाथ आश्रमलाई १७ बोरा चामल,एक बोरा दाल,२५ लिटर खाने तेल लगाएतका खाद्यान्न र १४० जोर चप्पल सहयोग स्वरुप हस्तान्तरण गरेको नेपाल तरुण दल बुटवल उपमहानगरका सभापति सुजन पुनले बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)