बुटवल,कार्तिक १० ।
लुम्बिनी प्रदेशका १०९ मध्ये ९८ पालिकामा एमालेले नयाँ नेतृत्व चयन गरेको छ ।
तीमध्ये ९६ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । प्रदेशका अन्य ११ पालिकामा भने निर्वाचन लागि प्रकृया सुरु भए पनि नेतृत्व चयनमा भने सकस भएको छ ।नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत मंगलबार पालिका अधिवेशनमा गरेको हाे ।
लुम्बिनी प्रदेशका ४ वटा उपमहानगरपालिकामा सर्वसम्मत् रुपमा अध्यक्ष चयन भएका छन् । जसअनुसार बुटवल उपमहानगरपालिकामा किशन ज्ञवाली, तुलसीपुर उपमहानगरपालिकामा माधव वली, घोराही उपमहानगरपालिकामा भुवन चौधरी र नेपालगञ्ज उपमहानगरपालिकामा दत्तप्रसाद आचार्य अध्यक्ष भएका छन् ।
यी समाचार पनि पढाैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)