Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल १५ सेमलारमा ‘बी’ लेवल खुल्ला व्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवल १५ सेमलारमा ‘बी’ लेवल खुल्ला व्याडमिन्टन प्रतियोगिता हुँदै

  • 1.6K
    SHARES

  • बुटवल १५  सेमलारमा ‘बी’ लेवल खुल्ला व्याडमिन्टन प्रतियोगिता हुँदै

    बुटवल,कार्तिक १० ।

    बुटवल १५ को सेमलारमा ‘बी’लेवल खुल्ला पुरुष तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको हुने भएको छ ।

    खेलप्रेमीहरु स्व. दिलिप पुन, कृष्ण पौडेल र लक्ष्मण तिवारीको स्मृतिमा बुटवल उपमहानगरपालिका वडा नं १५ मा रहेको नव पञ्चरत्न युवा क्लवले ‘बी’ लेवल खुल्ला पुरुष तथा भेट्रान्स व्याडमन्टिन प्रतियोगिता गर्न लागेको हो ।
    यहि कात्तिकको १२ र १३ गते गरिने प्रतियोगिताको तयारी करिव पुरा भएको बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष जयमंगल भुसालले बताउनुभयो ।

    प्रतियोगिता सम्पन्न गर्नको लागि ६ लाख रुपैंया बढी लागत अनुमान गरिएको उक्त प्रतियोगितामा खुल्ला ‘बी’ लेवल तर्फ प्रथम हुनेलाई ३५ हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार रुपैंया नगद पुरस्कार सहित मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक शिव रानाले जानकारी दिनुभयो ।

    त्यस्तै भेट्रान्स तर्फ प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १२ हजार र तृतीय हुनेलाई ६ हजार रुपैंया नगद पुरस्कार सहित मेडल प्रदान गरिने छ । त्यस्तै प्रतियोगितामा सर्वोत्कृट खेलाडीलाई ३ हजार र उदियमान खेलाडीलाई २ हजार ५ सय रुपैँया नगद पुरस्कार प्रदान गरिने उहाँले बताउनु भयो ।

    प्रतियोगिता बुटवल उपमहानगरपालिका वडा नं १५ सेमलारमा मा निर्माण गरिएको कवर्डहलमा सञ्चालन गरिने छ । दुई दिनसम्म सञ्चालन गरिने प्रतियोगितामा रुपन्देही सहित आसपासका १४-१५ जिल्लाबाट ‘बी’ लेवलमा ६४ र भेट्रान्समा ३२ टिम सहभागि हुने क्लवका सल्लाहकार गंगा नेपालले बताउनुभयो ।

    पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष डम्बरबहादुर भण्डारीले करिव २ करोड ५० लाख रुपैंया लागतमा कवर्ड हल निर्माण गरिएको र यसले खेलको बिकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology