बुटवल,कार्तिक १० ।
नेकपा एमालेको दाङका १० वटै स्थानीय तहमा सहमतीमा नेतृत्व चयन गरेको छ । घोराही उपमहानगरपालिकामा भुवन चौधरीको अध्यक्षतामा ७३ सदस्यीय नगर संगठन कमिटि गठन भएको हाे ।
उपाध्यक्षमा तारा पुरी, सचिव ईन्द्र बुढाथोकी, उपसचवि काँशीराम खनाल र कुलबहादुर गोतामे रहेका छन् । लमही नगरपालिकामा दण्डिराम चौधरीको अध्यक्षतामा ६९ सदस्यीय नगर संगठन कमिटी गठन गरिएको छ । उपाध्यक्षमा पुनम घर्तीमगर, सचिवमा भानु जोशी, उपसचिवमा सुदर्शन थापा र अनिता शर्मा रहेकी छिन् ।
शान्तीनगर गाउँपालिकामा धनबहादुर केसीको अध्यक्षतामा ४३ सदस्यीय गाउँपालिका संगठन कमिटि गठन गरिएको छ । उपाध्यक्षमा थम्मनबहादुर कनौ मगर, सचिवमा टिकाराम रिजाल, उपसचिवमा शान्ती कडेल र राकेश बुढाथोकी रहेका छन् । बंगलाचुली गाउँपालिकामा पुष्पराज भण्डारीको अध्यक्षतामा ४९ सदस्यीय गाउँपालिका संगठन कमिटि गठन गरिएको छ । उपाध्यक्षमा भिमबहादुर खत्री, सचिवमा भोजराज पन्त, उपसचिवमा पूर्णबहादुर सारु मगर चयन गरिएको छ ।
महिला उपसचिवमा पछी छनौंट गरिने जनाइएको छ । राजपुर गाउँपालिकामा हेमकुमार जिसीको अध्यक्षतामा ४० सदस्यीय गाउँपालिका संगठन कमिटि गठन गरिएको छ ।उपाध्यक्षमा गोविन्द विक, सचिवमा मन्साराम यादव, उपसचिवमा पिममाली घर्ती र लोकबहादुर खड्का रहेका छन् । गढवा गाउँपालिकामा बावुराम अधिकारीको अध्यक्षतामा ५३ सदस्यीय गाउँपालिका संगठन कमिटि गठन गरिएको छ । उपाध्यक्षमा मधा न्यौपाने, सचिवमा शिवराज पन्थी, उपसचिवमा केशरी गिरी र मानबहादुर वली रहेका छन् ।
राप्ती गाउँपालिका संगठन कमिटिको प्रथम गाउँ अधिवेशनले मदन अधिकारीको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्बसम्मत चयन गरेको छ । उपाध्यक्षमा कमलापती चौधरीे, सचिवमा भरतमणी न्यौपाने, उपसचिवमा रामबहादुर सुनार र रामबहादुर केसी सर्वसहमतीबाट चयन भएका छन् ।
दंगीशरणमा रेशम वली बबई गाउँपालिकामा जितबहादुर वली, तुलसीपुर उपमहानगरपालिकाको नगर कमिटी अध्यक्षमा माधब वली सर्वसम्मत चयन भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)