Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स क्लब अफ बुटवल सनराइजको नि:शुल्क आँखा शिविर

लायन्स क्लब अफ बुटवल सनराइजको नि:शुल्क आँखा शिविर

  • 1.4K
    SHARES

  • लायन्स क्लब अफ बुटवल सनराइजको नि:शुल्क आँखा शिविर

    बुटवल,कार्तिक ९ । 

    लायन्स क्लब अफ बुटवल सनराइजको आयोजना तथा नवयुग युवा क्लब सैनामैना र बुटवल लायन्स आँखा अस्पतालको सहकार्यमा नि :शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ l

     सैनामैना नगरपालिका १ सैनामैना चोकमा आँखा जाँच शिविर भएको थियो ।  शिविरबाट करिब १६० जनाले आँखा जाँच गरि लाभ लिए ।

    क्लबका अध्यक्ष लायन्स शंकर पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा , प्रमुख अतिथि सैनामैना नगरपालिका १का वडा अध्यक्ष केयर सिंह गलामी , विशिष्ट अतिथि सनराइजका संस्थापक अध्यक्ष  समुन्द्र श्रेष्ठ , अतिथी सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कबिराज कुँवर, नवयुग युवा क्लबका अध्यक्ष टुल बहादुर तराउनु लायन्स सनराइजका कोषाध्यक्ष सबिन शर्मा सदस्यहरु फस्ट भिपी राजन पाण्डे , सेकेन्ड भिपी एपाल भण्डारी ,सह सचीव दीपेन्द्र भुसाल लक्ष्मण पन्थ , जीवन पौडेल, बिकास पन्थी मणि गैरे बिमल केसि लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रम संयोजक लायन्स रमेश पन्थिले स्वागत मन्तव्य राख्दै कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियोे । कार्यक्रममा लायन्स शंकर पाण्डेले क्लबले पहिले देखि यस्तो कार्य गर्दै आएको र आगामी दिनहरुमा पनि यस्तै सामाजिक कार्य गर्दै जनताको सेवामा क्लब सदैब तत्पर रहने बताउनुभयो ।

    साथै प्रमुख अतिथि सैनामैना नगरपालिका १का वडा अध्यक्ष केयर सिंह गलामीले कार्यक्रममा बोल्दै क्लबले गरेको कार्यको प्रसंसा गर्दै यस्तै कामले समाज बिकासमा टेवा पुग्ने बताउदै क्लबलाई धन्यवाद दिनुभयो । कार्यक्रमको संचालन क्लबका सचीव लायन्स अमर पन्थले गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology