Logo बुधवार, श्रावण १३ गते २०८३
images

लुम्बिनीमा नेकपा एकीकृत समाजवादीको कार्यविभाजन

लुम्बिनीमा नेकपा एकीकृत समाजवादीको कार्यविभाजन

  • 2.2K
    SHARES

  • लुम्बिनीमा नेकपा एकीकृत समाजवादीको कार्यविभाजन

    बुटवल,कात्तिक ९।

    नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिले नेताहरुको कार्यविभाजन गरेको छ । बुटवलमा सम्पन्न प्रदेश समिति सचिवालयको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो ।

    बैठकले पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज डा.बालकृष्ण चापागाईंलाई प्रचार विभाग, केन्द्रीय सदस्य बृहस्पति अधिकारीलाई स्कूल विभाग, नेता अशोक कोइरालालाई संगठन विभाग, प्रदेश सचिव राजु गुरुङलाई आर्थिक विभाग प्रमुख र सिद्धिचरण भट्टराईलाई प्रदेश कार्यालय सचिवको जिम्मेवारी तोकेको छ ।

    यस्तै बैठकले प्रदेश कमिटीलाई १ सय ६१ सदस्यीय बनाउने, कात्तिक मसान्तभित्र जनवर्गीय संगठन निर्माण गर्ने र मंसिर ३ देखि १६ गतेसम्म लुम्बिनीका १२ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको सचिव राजु गुरुङले जानकारी दिए ।

    मंसिर ३ गते बर्दियाबाट शुरु हुने प्रशिक्षण १६ गते रुपन्देहीमा समापन गरिने सो पार्टीले जनाएको छ ।

    बैठकमा लुम्बिनी प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेता तथा १२ वटै प्रदेशका जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो ।

    बैठकलाई केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज भागवत विश्वासी, पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डे, लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरी लगायतले सम्बोधन गर्दै कम्युनिष्ट सिद्धान्त अनुसारको पार्टी निर्माणमा जुट्नुपर्ने बताएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology